ताजा अपडेट »

दशै-तिहार २५ दिन पर सर्‍यो

बुधबार, ०१ माघ २०७६, ०९ : ३२
167 Shares
बुधबार, ०१ माघ २०७६
167 Shares

माघ १,

काठमाडौं । विक्रम संवत् २०७७ सालको दशैं र तिहार २५ दिन पर धकेलिएको छ । नयाँ पात्रो अनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको हो । पञ्चाङ निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिए ।

आउँदो वर्ष विवाहको लगन करिब १५ दिन जति मात्रै छ । २०७६ सालमा करिब ३० दिन साइत परेको थियो । ब्रतबन्धको साइत जम्मा ५ दिन मात्रै छ । पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरे अनुसार घटस्थापना कार्तिक १ गते परेको छ भने विजादशमी १० गते परेको छ । तिहार कार्तिक २८ गते शुरु हुनेछ । -नेपाल समाचारपत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।