१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

मुम्बई । बलिउड अभिनेता सलमान खानले शनिबार पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग उनको कालीघाट निवासमा शिष्टाचार भेट गरेका छन्। 

Advertisement

सलमान खान अपराह्न ४ः२५ बजे मुख्यमन्त्रीको निवास पुगेका थिए ।  जुनबेला सुपरस्टार खानलाइ एक झलक हेर्न ठूलो संख्यामा फ्यान सडकमा भेला भएका थिए ।दक्षिण भारतीय चलचित्र ‘दि केरल स्टोरी’ चलचित्रलाई आफनो राज्यमा प्रतिबन्ध गरेकी बर्नजीले बलिउड अभिनेता भेटे पछि थप चासो जनाईएको छ । धर्मान्तरणको बिषय उठान गरिएको सो चलचित्रले जातीय र समुदायगत सम्प्रदाय बिच बैमनश्य बढाउने भन्दै उनले सो चलचित्र प्रतिबन्ध गरेकी हुन ।  

ममता बनर्जीले भेटमा उनीहरुले चलचित्र जगतदेखि लिएर कला, समाज र जनताको विकासका विभिन्न विषयमा छलफल भएको बताइन् ।ममता बनर्जीले आफ्नो फेसबुक पोस्टमा लेखेकी छिन्, ‘आज मेरो निवासमा चर्चित फिल्म अभिनेता सलमान खानसँग भेट्न र कुराकानी गर्न पाउँदा म निकै खुसी छु । हामीले चलचित्र जगतदेखि कला, समाज र जनताको विकाससम्मका विभिन्न विषयमा अर्थपूर्ण छलफल गरेका थियौं । व्यस्त कार्यक्रमको बीचमा यहाँ आउनु भएकोमा म सलमानप्रति विशेष आभार व्यक्त गर्दछु। सु–स्वास्थ्यका साथ सफलताको सिँढी चढिरहोस् । म उहाँको भविष्यको लागि मेरो शुभकामना व्यक्त गर्दछु।’ 

सुरक्षा अधिकारीहरुका अनुसार सलमानले मुख्यमन्त्रीको निवासमा करिब ३० मिनेट बिताएका थिए । अभिनेता खान इस्ट बङ्गाल फुटबल क्लबको शतवार्षिकी समारोहमा सहभागी हुन बेलुका साँझ आएका हुन । उनै सुरक्षा अधिकारीहरुका अनुसार सलमान बसेको होटलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ गौशालामा प्रहरी र प्रसाईं समर्थकबीच झडप ‘उमेर भिन्नता’को कारण थाइल्यान्डमा बेहुलाद्वारा बेहुलीसहित चार जनाको हत्या ! तिलोत्तमाको औद्यागिक व्यापार मेलामा ९ करोडको कारोबार, ५ दिन म्याद थप