ताजा अपडेट »

स्थायी कमिटी बैठकपछि एमालेले वार्षिक कार्ययोजना तयार पार्ने

शनिबार, ३० बैशाख २०८०, ०८ : १४
59 Shares

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठकपछि पार्टीको वार्षिक कार्ययोजना तयार पार्ने भएको छ । गत बिहिवार देखी सुरु भएको एमालेको चौथौ केन्द्रिय समिति बैठक जारी रहेको बखतमा नै आज बस्न लागेको स्थायी कमिटीले पार्टीको बार्षिक कार्ययोजना बनाउन लागेको हो ।

प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालका अनुसार स्थायी कमिटीले तयार पार्ने बार्षिक कार्ययोजना केन्द्रिय समितिमा पेश गरी पारित गरिनेछ ।  शुक्रवार बसेको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामुहिक छलफल भएको थियो । जसअनुुुसार गण्डकीवाट पदमा अर्याल, बाग्मतिवाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीवाट लालबाबु पण्डित, उपत्यका बिशेष प्रदेशवाट सुजिता शाक्यले आ आफनो क्षेत्रको प्रतिवेदन पेश गरेका थिए । 

सबै प्रदेशको प्रतिवेदनमाथी सामुहिक छलफल गरिएको थियो । आज बस्ने केन्द्रिय समिति बैठकले समुहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।