१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

काठमाडौं। झापाको बेलडांगीमा शनिबारदेखि  भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुने भएको छ। नक्षेत्र फाउण्डेसनको निर्माण तथा प्रस्तुतिमा भुटानी शरणार्थी शिविर भित्रै प्रतियोगिता आयोजना हुन लागेको हो ।

Advertisement

फाउण्डेसनका अध्यक्ष अर्जुन सुवेदीका अनुसार प्रतियोगिताले प्रतिभा भएका तर ओझेलमा परेका प्रतिभाहरूको खोजी गर्ने उदेश्यले भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिताको आयोजना गर्न लागिएको हो । जसमा ७० जनाले डिजिटल अडिसन दिएकामध्ये २० जना छानिएका थिए । 

जसमध्ये शनिबार हुने पहिलो चरणको प्रतिस्पर्धामा डिजिटल अडिसनबाट छनोट भएका २० जनाले सहभागीता जनाउने छन् । जसको निर्णायकमा कर्म ग्यालजन बम्जन , महेश थुलुङ , किशोर शिवाकोटी , सृष्टी हिङमाङ, बलराम समाल मगर रहेका छन्। कार्यक्रममा पहिलो भुटनिज गायक प्रताप सुब्बाको पनि उपस्थिति रहनेछ ।  

आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने प्रतियोगीले नगद ५ लाख , द्वितीय हुनेले ३ लाख र तेस्रो स्थान हासिल गर्नेले १ लाख र चौथो स्थान हासिल गर्नेले ५० हजार नगद प्राप्त गर्नेछन् । 

त्यस्तै विजेताहरू सबैलाई आयोजक संस्था नक्षेत्र फाउण्डेसनले म्यूजिक भिडियो निर्माण गरिदिनेछ। कार्यक्रमलाई अमेरिकन भुटनिज म्यूजिक एशोसियशन (बामा)  र डिस्काको पनि सहयोग रहेको छ। १५ वर्ष भन्दा माथिका प्रतियोगीहरु सहभागी हुने प्रतियोगिताको निर्देशन गायक कमल राईले गर्दैछन्।

कार्यक्रमको स्थानिय आयोजकको रुपमा बेलडांगी नाट्य परिवार रहेको छ। प्रतियोगिताको फाइनल जुलाईमा हुने बेलडांगी नाट्य परिवारका अध्यक्ष जंग मगरले जानकारी दिए। कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल टेलिभीजन इटहरीबाट हुनेछ । त्यस्तै कार्यक्रम नक्षेत्र फाउण्डेसनको युट्युव च्यानलमा पनि हेर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन