१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

नेपालगञ्ज । नेपालगञ्जको किङग्स क्लबबाट हतियारसहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गएराति साढे ११ बजे नेपालगञ्ज-१२ स्थित सुर्खेत रोडमा रहेको किङग्स क्लबमा पेस्तोलसहित आएर झगडा गर्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

क्लबमा झगडा हुँदै गरेको सूचना प्रहरीलाई आए लगत्तै गएको बाँके प्रहरीको टोलीले बर्दियाको बाँसगढी नगरपालिका ८ २८ वर्षीय सुमन रिजाल, गेरुवा गाउँपालिका ५ का ३२ वर्षीय सागर शाह र कोहलपुर ९ का २९ वर्षीय धर्म पुन मगरलाई  पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ । झगडा गरिरहेको अवस्थामा पक्राउ परेकाहरूसँग सोधपुछ गर्दा उनीहरूमध्ये सुमनले प्रहरी आएको थाहा पाइ क्लबको बाथरुममा लुकाएको म्यग्जिनमा लोड गरिएको एक राउन्ड गोलिसहितको अमेरिकन पेस्तोल प्रहरीले बरामद गरेको जानकारी दिएको छ । 

उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले उनीहरु सवार बा ११ च ८०० नम्बरको कार खानतलासी गर्दा एउटा खुकुरीसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाँके प्रहरीले उनीलाई हिरासतमा राखेर हातहतियार मुद्दामा थप अनुसन्धान गरिएको जानकारी दिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर