१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

मुम्बई । कुनै पनि कलाकारका लागि उसको डेब्यू फिल्म महत्वपूर्ण हुन्छ, किनकी डेब्यू फिल्मले नै उसको करियरको टुंगो लगाउँछ । तर, बलिउडमा यस्ता कैयौं कलाकार छन्। जसको पहिलो फिल्म नै बक्सअफिसमा पूर्ण रुपमा फ्लप भयो । अहिले यिनै कलाकारहरु फिल्म उद्योगका स्टार बनेका छन् । यो सुचीमा अमिताभ बच्चनदेखि सलमान खानसम्म छन् ।

Advertisement

अमिताभ बच्चन्
अमिताभ आज बलिउडका महानायक हुन् । तर उनको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ बक्सअफिसमा पूर्ण रुपमा फ्लप भएको थियो । यो फिल्म फ्लप भएपछि अमिताभ पूर्ण रुपमा विक्षिप्त बनेका थिए ।

अक्षय कुमार
अक्षय कुमारको पहिलो फिल्म ‘सौगन्ध’ बक्सअफिसमा फ्लप भएको थियो । यद्यपि यसपछि उनले कडा मेहनतमार्फत बलिउडमा सफलता हासिल गरे ।

ऐश्वर्या राय
अभिनेत्री ऐश्वर्या रायको डेब्यू फिल्म ‘और प्यार हो गया’ पनि बक्सअफिसमा असफल भएको थियो । तर यो असफलता पछि भने उनले आफ्नो करियरको तेज उडान भरिन् ।

माधुरी दिक्षित
अभिनेत्री माधुरीको पहिलो फिल्म ‘अबोध’ बक्सअफिसमा असफल भए पनि उनले अभिनयका माध्यमबाट फ्यानलाई मन्त्रमुग्ध बनाइन् ।

करिना कपुर
अभिनेत्री करीनाले फिल्म ‘रिफ्यूजी’बाट बलिउडमा पाइला चालिन् । तर यो फिल्म फ्लप साबित भयो । यसपछि उनले बलिउडमा कैयौं सुपरहिट फिल्म दिइन् ।

काजोल
अभिनेत्री तनुजाकी छोरी काजोलले बलिउडमा ‘बेखुदी’बाट पाइला चालिन् । तर उनको पहिलो पाइला असफल साबित भएको थियो ।

कटरिना कैफ
अभिनेत्री कटरीनाको डेब्यू फिल्म ‘बुम’ सन् २००३ मा रिलिज भएको थियो । यो फिल्ममा उनले अभिनेता गुलसन ग्रोवरका साथ रोमान्स गरेकी थिइन् । तर फिल्म असफल भयो । 

रणवीर कपुर 
अभिनेता रणवीर कपूरको पहिलो फिल्म ‘साँवरिया’ बक्सअफिसमा असफल भएको थियो । फिल्ममा उनले सोनम कपूरका साथ रोमान्स गरेका थिए । 

सलमान खान
अभिनेता सलमानको पहिलो फिल्म ‘बीबी हो तो ऐसी’ हो । फिल्ममा उनले सहायक चरित्र निभाएका थिए । फिल्म बक्सअफिसमा असफल साबित भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन