१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023


पुस २९,

ग्लोबल आवाज

बुटवल । मदन भण्डारी स्पोर्टस एकेडेमी बुटवल नगर कमिटीले आयोजना गरेको नगर स्तरिय अन्त मा.वि. ५ हजार मिटर दौड प्रतियोगिताको उपाधि ललिता पाण्डे र शिव बोटेले हात पारेका छन् । एकेडेमीको ११ औं स्थापना दिवसका अवसरमा मँगलबार भएको प्रतियोगितामा छात्रतर्फ न्यू होराइजन माविका शिव बोटेले १६ मिनेट ५ दशमलव ४ सेकेण्डमा निर्धारीत दुरी पार गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । उनले यसअघि लायन्स क्लबले आयोजना गरेको प्रतियोगितामा प्रथम भएका थिए ।

Advertisement

यसैगरी छात्रातर्फ नविन औद्योगिक कदरबहादुर तिरा माध्यमिक विद्यालयकी ललिता पाण्डेले २१ मिनेट १० दशमलव २० सेकेण्डमा निर्धा्रित दुरी पार गर्दै प्रथम हुन सफल भएकी हुन् ।
बुटवलको योगिकुटीबाट सुरु भएको दौड प्रतियोगिता गोलपार्क पुगेर पुनः ट्राफिक चोकमा आइ समापन गरिएको थियो । प्रतियोगितामा छात्रतर्फ कान्ति मा.वि.का सन्तोष घर्तिले १६ मिनेट २१ दशमलव ७ सेकेन्डमा निर्धा्रित दुरी पार गरी दोस्रो भएका थिए । छात्रातर्फ कालिका मा.वि.की मिना ज्ञवालीले २१ मिनेट ५२ दशमलव ३२ सेकेण्डमा निर्धा्रित दुरी पार गर्दै दोस्रो तथा नहरपुर मा.वि.की खिमा शेरचनले २३ मिनेट ३७ दशमलव १२ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए ।

प्रतियोगितामा छात्र तथा छात्रातर्फ विजेताले समान ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् भने उप विजेताले ६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यसैगरी छात्रातर्फ तेस्रो स्थान हासिल गर्ने प्रतियोगितालाई पनि पुरस्कृत गरिएको छ । छात्रातर्फ तेस्रो हुने विद्यार्थीले ४ हजार ४ सय ४४ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा नगर भित्रका विभिन्न विद्यालयहरुबाट २ सय ५० बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्य, नगर अध्यक्ष समुन्द्र श्रेष्ठले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली