ताजा अपडेट »

काठमाडौं महानगरको विद्यार्थीलाई टाइ अनिवार्य नगर्न सामुदायिक विद्यालयलाई पत्र

शुक्रबार, १५ बैशाख २०८०, १५ : ४६
30 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई टाइ अनिवार्य नगर्न सबै सामुदायिक विद्यालयलाई पत्राचार गरेको छ । 

बिहीबार काठमाडौं महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयलाई महानगरले पठाएको पत्रमा लेखिएको छ, ‘महानगरपालिका शिक्षा समितिको मिति २०७९÷१२÷२८ गतेको निर्णयानुसार काठमाडौं महानगरपालिका भित्र संचालित सामुदायिक विद्यालयका कुनैपनि कक्षामा टाइ अनिवार्य गर्न नदिने निर्णय भएकाले निर्णयानुसार कार्यान्वयन गर्न सम्बन्धित सबै विद्यालयलाई जानकारीका लागि अनुरोध छ ।’ 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।