७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

पुस २६,
ग्लोबल आवाज

Advertisement

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकाले गाउँपालिकामा रहेका जेष्ठ नागरिकहरुलाई कम्बल बितरण सुरु गरेको छ । तराई क्षेत्रमा शीतलहर बढ्दै गए पछि गाउँपालिकाले स्थानीय जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेको हो । सोमबार रोहिणी गाउँपालिका वडा नम्बर १ बगहामा कम्बल वितरण कार्यक्रमको सुरुवात गर्दै गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले सबै गाउँपालिकाबासीलाई चिसोबाट जोगिन आग्रह गरे ।

उनले अहिले तराईमा शीतलहरका प्रकोप बढेको र यसबाट जेष्ठ नागरिक बढी प्रभावित हुने हुदाँ प्रभावकारी उपाय अपनाउन आग्रह गरेका हुन् । गाउँपालिकाले जति प्रयास गरे त्यो सबैको लागी नहुने बताउदै यसको लागी स्थानीय स्तरबाट नै सहकार्य हुनु पर्ने उनले बताए । गाउँपालिकाले बिगतका बर्षहरुमा पनि कम्बल बितरण गर्दै आएको र यस बर्ष पनि प्रत्येक वडामा ७० वटाको दरले कम्बल बितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । उनले गाउँपालिकाका सबै वडामा गरि ५ सय भन्दा बढी कम्बल बितरण गरिने बताए ।

रोहिणी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष आविद अली पठानको अध्यक्षता, गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शिवकान्ती चमार, गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्र लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव खगराज पाण्डेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल