ताजा अपडेट »

एनओसीमाथिको कडाईबाट पछि हट्यो सरकार, अब डिप्लो र एडभान्स डिप्लोमा विदेश पढ्न जान पाउने

विहीबार, १४ बैशाख २०८०, १० : ३०
28 Shares

काठमाडौँ । विदेश अध्ययन गर्न गरिएको कडाईबाट सरकार पछि हटेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ जारी गर्दै विदेश अध्ययन गर्न जान कडाई गरेको थियो ।

चौतर्फी विरोध र दबाबपछि सरकार उक्त निर्णयबाट पछि हटेको हो । निर्देशिका जारी गर्दै स्नातक वा सोभन्दा माथिल्लो तहका लागि मात्र विदेश पढ्न जान पाउने व्यवस्था गरेको थियो । अब कक्षा वा सो सरहभन्दा माथिको शिक्षा पढ्नको लागि विदेश जान पाउने भएका हुन् । 

शिक्षा मन्त्रालयले गत फागुन १८ गते निर्देशिका पारित गरेको थियो । जुन चैत १९ गतेदेखि कार्यान्वयनमा आएको थियो । तर, सरकारले निर्देशिका सार्वजनिक गरेको थिएन । 

मन्त्रालयले बुधबार यसअघिको व्यवस्थालाई संशोधन गर्दै सार्वजनिक गरेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।