२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

भक्तपुर । भक्तपुर घुम्ने विदेशी पर्यटकको संख्या क्रमशः बढ्ने क्रममा रहेको छ । नयाँ वर्ष २०८० को पहिलो दिन भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरूले भरिभराउ थिए । आर्थिक वर्ष २०७९/८० को साउनदेखि चैत्रसम्म (९ महिना अवधि) मा जम्मा १ लाख १६ हजार ८ सय १२ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेका छन् । जसमा ६७ हजार ७ सय जना गैरसार्क र ४९ हजार १ सय १२ जना (सार्क राष्ट्र र चीनका पर्यटकहरू)  रहेका छन् । 

Advertisement

गत आ.व.को तुलनामा ९ महिनाको अवधिमा ९३,६४५ जना (गैरसार्क ५६,२६० जना र सार्क राष्ट्र र चीनका पर्यटकबाट ३७,३८५ जना) पर्यटकको आगमन वृद्धि र ११ करोड १४ लाख ३१ हजार पाँच सय रुपैयाँ बरबरको पर्यटन शुल्क वृद्धि भएको हो ।

यो आर्थिक वर्षमा पर्यटन शुल्कबाट १३ करोड ४४ लाख ५५ हजार रुपैयाँ संकलन भएको छ । जसमा गैरसार्क पर्यटकबाट १० करोड ९८ लाख ९९ हजार र सार्क राष्ट्र र चीनका पर्यटकबाट २ करोड ४५ लाख ५६ हजार पर्यटन शुल्क उठेको छ ।

गत आर्थिक वर्ष २०७८।७९ को तथ्यांक हेर्ने हो भने साउनदेखि चैत्रसम्मको अवधिमा जम्मा २३ हजार १ सय ६७ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेका थिए । जसमा गैरसार्कअन्तर्गत ११ हजार ४ सय ४० जना र सार्क राष्ट्र र चीनका ११ हजार ७ सय २७ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेको तथ्यांक छ । आ.व. २०७८।७९ मा जम्मा २ करोड ३० लाख २३ हजार ५ सय रुपैयाँ पर्यटन शुल्क उठेको थियो । 

भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकहरूसँग एक ५०० लाई एक हजार ८०० कायम गरी शुल्क संकलन गर्दै आएको हो । भक्तपुर नगरपालिकाले पर्यटकहरूबाट उठेको शुल्कबाटै भक्तपुरको सम्पदाहरू संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाई, विकास निर्माणजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको छ । 

भक्तपुर नपामा हाल दैनिक ५।६ सयको हाराहारीमा विदेशी पर्यटकहरू भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गर्न आएको तथ्यांकले देखाउँछ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले पर्यटन क्षेत्रमा नराम्रोसँग असर पारेकोमा हाल भने विदेशीहरूको आगमनसँगै अब आशा पलाएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत यहाँका सम्पदाहरूको अवलोकन गर्न विदेशी पर्यटकहरूको आगमन बढेसँगै भक्तपुरका पर्यटन व्यवसायीहरू पनि खुशी देखिन्छन् । पर्यटकहरूको आगमनसँगै भक्तपुरको पर्यटन व्यवसायमा पनि चहलपहल बढ्दो छ । भक्तपुर घुम्न आउनेमा प्रायः भारतीय, चीन, अमेरिका, जापान, कोरिया र युरोपेली मुलुकका देशहरूको पर्यटकहरूको आगमन बढ्न थालेको हो । भक्तपुर अहिले आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र भएको छ । पर्यटकहरूको चहलपहल बढेसँगै यहाँका विभिन्न पेशा व्यवसायीहरूमा पनि आर्थिक गतिविधिहरू बढ्न थालेको बताइन्छ ।

भक्तपुर नगरपालिकाले स्थानीय जनताको साथ र सहयोगमा दोस्रो कार्यकालमा १४ वटा सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार कार्य सम्पन्न गर्यो भने दर्जनौं सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार कार्य जारी छ । गएको पहिलो पदावधिमा १२४ वटा सम्पदाहरू जनताको आर्थिक, भौतिक र नैतिक सहयोगमा नगरपालिकाको लगानीमा निर्माण सम्पन्न गरिएको थियो । त्यस्तै समय समयमा सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा, प्रभातकालिन सम्पदा पदयात्रा, स्थानीय पथप्रदर्शकहरुलाई तालिम तथा परिचालन, पर्यटन व्यवसायीहरुसँग छलफललगायतका कार्यमा जोड दिँदै आएको छ ।

दोस्रो कार्यकालमा पर्यटन गतिविधि बढाउन सांस्कृतिक कार्यक्रमसहित योम्हारी उत्सव, भजन प्रतियोगिता, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न घरेलु उत्पादन मेला, गाईजात्रामा सांस्कृतिक प्रतियोगितालगायतका गतिविधिहरू नगरपालिकाले सम्पन्न गर्यो । नेपाल मजदुर किसान पार्टीको निर्वाचन घोषणापत्र कार्यान्वयनको सिलसिलामा विगतदेखि गर्दै आएको काममा भक्तपुर नपाले निरन्तरता दिँदै भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न प्रयास गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै मिसन ८४ प्रति मेर‍ो प्रश्न