ताजा अपडेट »

डढेलो निभाउने क्रममा गुल्मीमा एक बालकको मृत्यु, एक गम्भिर घाइते

शुक्रबार, ०८ बैशाख २०८०, ०९ : ४६
160 Shares
शुक्रबार, ०८ बैशाख २०८०
160 Shares

गुल्मी । गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक बालकको ज्यान भएको छ । एक जना गम्भिर घाइतेलाई थप उपचारका लागि काठमाण्डौं पठाइएको छ । डढेलोबाट दुई घर जलेर नष्ट भएको छ ।

गएराती धुर्कोट गाउँपालिका-३ को बर्दबास सामुदायिक वनको आगो निभाउने क्रममा घम्भीर घाइते भएका दुई जना मध्ये सोही गाउँका १३ वर्षीय बालक दिपक मुखियाको उपचारका क्रममा आज बिहान ५.१० को समयमा पाल्पाको प्रभास अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकृत प्रहरी निरीक्षक रबिन्द्र कुमार श्रेष्ठका अनुसार अर्का घम्भीर घाइते सोही स्थानका धन बहादुर कुवरको प्रभासमा उपचार हुन नसकी बुटवल पाठाइएकोमा त्यहाँ पनि उपचार हुन नसकेपछि काठमाण्डौं रिफर गरिएको छ । घाइतेको पूरै शरीर जलेको छ ।

त्यस्तै इस्मा गाउँपालिका-पटाती स्थित चापटारी सामुदायिक वनमा लागेको आगो फैलिँदै जादा स्थानीय रुद्र बहादुर कुमालको तीन तले घर र गोठ जलेर पूर्ण रुममा क्षती भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । उनका अनुसार सोही स्थानका शिबलाल कुमालको दुई तले घर र घोठ पनि जलेर पूर्ण रुपमा क्षती भएको छ । उद्धार कार्यमा अस्थायी प्रहरी पोस्ट धानार्जेबाट प्रहरीहरु खटिएको बताइन्छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।