७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

पुस २७,

Advertisement

ग्लोबल आवाज

बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाबाट रुपन्देहीमा आई स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटहरु संगठित भएका छन् । बुटवलमा सम्पन्न प्रारम्भिक भेलाले अर्घाखाँची भूमिकास्थान रुपन्देही सम्पर्क मञ्च गठन गरेको हो ।

कार्यक्रममा बोल्दै नेकपाका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले परिवर्तित सन्दर्भमा सामाजिक रुपान्तरणका लागि पाटीप्रति क्रियाशील हुनुपर्ने बताए । संघीय सांसद रायमाझीले भूमिकास्थान नगरपालिकामा निर्माणको क्रममा रहेका तथा प्रस्तावित विकास आयोजनाको बारेमा जानकारी गराउका थिए । प्रदेश सांसद तथा नेकपा प्रदेश कमिटी सचिवालय सदस्य चेतनारायण आचार्यले भूमिकास्थानको विकास तथा त्यहाँका बासिन्दाको समृद्धिका लागि समेत मञ्च क्रियाशील हुनुपर्नेमा जोड दिए । भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले पार्टीगत रुपमा रुपन्देहीमा आएकाहरु संगठित हुनु राम्रो भएको बताउँदै नगरको विकासमा सुझाव दिन आग्रह गरे । भूमिकास्थानको विकासका लागि जनप्रतिनिधिहरु प्रतिबद्ध भएर लागेको उल्लेख गर्दै उनले यसमा सबैको साथ–सहयोग अपरिहार्य रहेको बताए ।

भेलामा पार्टीका केन्द्रीय सदस्य तथा अर्घाखाँची ईञ्चार्ज नजिर मिया, केन्द्रीय सदस्यहरु गिरीधारीलाल न्यौपाने, दधिराम न्यौपाने, नेताहरु तेजबहादुर रायमाझी (विधान), रामप्रसाद बञ्जाडे, जालपा भुसाल, खगेश्वर पन्थी, राजेन्द्र आचार्य, नारायणप्रसाद बञ्जाडे लगायतले मन्तव्य राखेका थिए । भेलाले अर्जुन गैरे अध्यक्ष तथा यमप्रसाद गैरे सचिव रहेको ४५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

अर्जुन गैरेको अध्यक्षतामा भएको भेलाको सञ्चालन यमप्रसाद गैरेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल