१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

पुस २७,

Advertisement

ग्लोबल आवाज

बुटवल । मौलिक जरोकिलो पार्टी प्रदेश ५ को प्रदेश भेला तथा पृथ्वीनारायण शाहीको २९८ औं पृथ्वी जयन्ती एकसाथ बुटवलमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य नुमनाथ प्याकुरेलले देशका अन्य पार्टीहरू विदेशी नीति, सिद्धान्त भएको र नेपाली भुगोल, वातावरण, धर्म, संस्कृति, रितिरिवाज र चलन अनुसार मौलिक जरोकिलो पार्टीको सिद्धान्त प्रतिपादन भएको दाबी गर्दै अब आउने दिनमा विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक र सहृदयताको सम्बन्ध अनुुसार पार्टीले आम नेपाली नागरिकहरूको भावनालाई सम्बोधन गर्दै जाने बताए । अर्का केन्द्रिय सदस्य यमनाथ उपाध्यायले नेपालको तनहुँ जिल्लाबासी युगद्रष्टा डा.निर्मलमणि अधिकारी उपाध्यायद्धारा प्रतिपादित ‘राज्यराष्ट्र’ सिद्धान्त र पार्टीको निति र अनुसन्धान बारेमा भनाई राखे ।

भेलाले मित्रलाल शर्माको संयोजकत्व भएको समितिलाई विघटन गर्दै केन्द्रीय सदस्य नुमनाथ प्याकुरेलको संयोजकमा केन्द्रीय सदस्य यमनाथ उपाध्याय र मित्रलाल शर्माको तीन सदस्यीय निर्वाचन समितिले सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिको घोषणा गरेका छ । जसमा प्रदेश नम्बर ५ को अध्यक्ष रेशम प्रसाद बुढा, उपाध्यक्ष रामचन्द्र खड्का रहने गरि ९ सदस्यीय कार्यसमितिको घोषणा गरिएको छ । यसैगरी अन्य सदस्यहरू थप गर्दै जानेगरी निर्णय पारित गरिएको छ ।

यसै क्रममा नयाँ कार्य समितिको सपथ ग्रहणसंगै अध्यक्ष रेशम बुढाले मन्तव्यमा पार्टीलाई अगाडि बढाउँदै लैजाने क्रममा पृथ्वी नारायण शाहको योगदानलाई अहिलेको सरकारले भुले पनि नेपाली नागरिकले नभुल्ने र आफुहरू सधैं उनको पथलाई पछ्याई रहने बताए । कार्यक्रम मित्रलाल शर्माको सभापतित्व, रामचन्द्र खड्काको स्वागत र यमनाथ उपाध्यायको संचालनमा भएको थियोे ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली