ताजा अपडेट »

नेपाली नयाँ वर्षलाई ब्राण्ड बनाउन भन्दै पौवाले मनायो शुभारम्भ नयाँ वर्ष साँझ

शुक्रबार, ०१ बैशाख २०८०, ११ : १८
28 Shares

बुटवल । नेपाली नयाँ वर्षलाई प्रवर्द्धन गर्ने उद्देश्यले होटल पौवाले रुपन्देहीका आफ्ना २ शाखामा नयाँ वर्ष विशेष साँगीतिक कार्यक्रम सम्पन्न गरेको छ । पौवाको भैरहवा र बुटवल शाखामा विशेष नयाँ वर्ष शुभारम्भ साँझ गरेर नयाँ वर्षलाई स्वागत गरेको हो ।

भैरहवामा आयोजित शुभारम्भ २०८० साँझमा आधुनिक संगीतका चर्चित कलाकार शिव परियार र प्रकाश दुतराजले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरेका थिए । शिव परियारले धोकेवाज हौ तिमी, धोकेबाज हौ तिमी.. गाउँदा कार्यक्रमा उपस्थित दर्शकहरुले गरेको हुटिङले माहौल तताएको थियो । उनले पीउँदिन भन्दा भन्दै पिलायो साथीले.., सुन्छु तिमिले मलाई छाड्नै आँटेकी छेउरे.., आँसुको अर्थ.., बाटो मोडेर.. तिम्रै निम्ती सहितका गीत प्रस्तुत गरेका थिए भने प्रकाश दुतराजले घर त कता हो बैनीको.., जाम भो माईली रेलैमा.., चोली मैलै भो.., मन भुल्छ.., बैनी झ्यालैमा लगायतका गीत प्रस्तुत गरेका थिए ।

यता बुटवलको कार्यक्रममा चर्चित क्लासिकल गायीका कुन्ति मोक्तानले पहाडकी छोरी हुँ म भीरमा पनि.., खुट्टा तान्दै गर.., चोली राम्रो पाल्पाली ढाकाको.., सुनकै भाउँ छ सुन्तोला बारिको सहित दर्जन बढी गीत प्रस्तुत गरेकी थिइन् । बुटवलमा राजनराज शिवाकोटीले सुर्के थैली।। कुटुमा कुटु सुपारी दाना.., चरि च्याट्ट परी.. लगायतका गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गायक अख्तर अली सहित स्थानीय कलाकारहरुबाट नेपाली कला र संस्कृतिमा आधारित नृत्यहरु प्रस्तुत गरेका थिए । भैरहवाको कार्यक्रमको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तयाक अहमद खानले र बुटवलको कार्यक्रम तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले पानसमा दिप प्रज्वलन गरेर शुभारम्भ गरेका थिए । मध्यराती १२ बजे आतिसबाजी सहित नयाँ वर्षलाई स्वागत गरिएको थियो ।

नेपाली हस्पिटालिटीको आरम्भ गरेको दाबी गरेको पौवाले नेपाली नयाँ वर्ष मनाउने आफ्नो अतिथि तथा ग्राहकहरुलाई लक्षित गर्दै नेपाली नयाँ वर्ष शुभारम्भ साँझ कार्यक्रम गरिएको पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले बताए । पौवाले नेपालमा मनाइने हरेक चाडपर्वहरुलाई विशेष अवसर बनाएर ग्राहकहरुलाई रिती अनुसारको परिकार पस्किँदै आएको छ । पौवाका नेपालभर ११ वटा शाखा संचालनमा रहेका छन् भने आजबाट काठमाडौंमा १२ औ शाखाले सेवा दिन सुरु गरेको छ

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।