ताजा अपडेट »

तिलोत्तमाको मणिग्राममा निःशुल्क स्वास्थ्य शिविर

आइतबार, २७ पुस २०७६, १४ : २२
36 Shares
आइतबार, २७ पुस २०७६
36 Shares

पुस २७,

ग्लोबल आवाज

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा– १६, मणिग्राममा बेहुलीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । तिलोत्तमा– ५ स्थित क्रिमसन अस्पताल र लायन्स क्लव अफ सिद्धार्थनगर मिडटाउन कोटिहवाको सहकार्यमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै तिलोत्तमा– १६ का वडाध्यक्ष झविलाल भुसालले स्वास्थ्य शिविर सञ्चालनमा सहकार्य गर्न वडा कार्यालय पनि इच्छुक रहेको बताए । अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले यस्ता कार्यक्रमले समाजभित्र उपचारबाट वञ्चित बिरामीले केही हदसम्म भएता पनि उपचार सेवा प्राप्त गर्ने भएकाले सामाजिक संघ–संस्थाले आयोजना गर्ने स्वास्थ्य शिविरमा सहकार्य गर्न क्रिमसन अस्पताल सधै तयार रहने प्रष्टाए । शिविरमा आएका बिरामीहरु अस्पतालमा थप उपचारका लागि आउँदा तोकिएको सेवा शुल्कमा सहुलियत प्रदान गरिने उनले जानकारी दिए ।

शिविरमा जनरल फिजिसियन डा. कृष्णचन्द्र गोदार नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । सुगर रोगलाई लक्षित गरी आयोजना गरिएको शिविरमा सहभागी सबैको निःशुल्क सुगर परीक्षण गरिएको थियो । त्यसक्रममा ४४ जनालाई सुगर रोग देखिएकोमा निःशुल्क औषधि समेत प्रदान गरिएको छ । नेपालमा सुगर रोगका बिरामी बढ्दै गैरहेको सन्दर्भमा रोगको बारेमा जनचेतना अभिवृद्धि गराई सुगर प्रभावितहरुको उपचारलाई सहज बनाउने उद्देश्यले शिविरको आयोजना गरिएको थियो । अस्पतालको प्राविधिक सहयोगमा क्लवले आयोजना गरेको शिविरमा स्थानीय एक सय १५ जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए ।

क्लवका अध्यक्ष केशवसिंह चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा भीम भट्टराईको स्वागत तथा शालिकराम भण्डारीको संयोजन रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।