५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

बुटवल । अर्थमन्त्री प्रकाशशरण महत र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयबीच भेटवार्ता भएको छ। सोमबार अर्थ मन्त्रालयमा भएको भेटका क्रममा नगरप्रमुख पाण्डेयले बुटवलमा सञ्चालित संघीय आयोजनाहरु समयमै पूरा हुने गरी पर्याप्त बजेटको व्यवस्था गरिदिन अनुरोध गरे ।

Advertisement

उनले बुटवलको मुख्य सडक, तिनाउ करिडोर, सिद्धबाबा सुरुङमार्ग, झुम्सा खानेपानीसहितका योजनाहरु समयमै पूरा हुने गरी सम्बन्धित संघीय कार्यालयहरुलाई निर्देशन दिन र आवश्यक बजेटको व्यवस्था गरिदिन अनुरोध गरे । भेटका क्रममा उनले बुटवलबाट प्रदेशको राजधानी दाङ गएपछि बुटवलका बासिन्दा निराशा र असन्तुष्टि रहेकाले बुटवलबासीमा उर्जा थपिनेगरी बजेटमार्फत सम्बोधन गर्न अनुरोध गरे ।

उनले संघ सरकारले निर्माण गरेका आयोजनाहरु स्थानीय सरकारलाई हस्तान्तरण गर्न र स्थानीय सरकारको समेत अपनत्व हुने गरी कार्यक्रम ल्याउन अनुरोध गरे । राजस्व संकलनदेखि कानून निर्माण र कार्यान्वयनमा संघीयताको मर्मअनुसार कतिपय काम हुन नसकेको बताउँदै नगरप्रमुख पाण्डेयले वित्तिय संघीयता र स्थानीय सरकार आत्मनिर्भर हुने गरी राजस्व बाँडफाँडमा चासो दिन पनि अनुरोध गरे ।

उनले आर्थिक रुपमा सबैतिर निराशा छाइरहेको अवस्थामा संघीय सरकारले उपयुक्त नीति ल्याउँदै जनतामा आशा जगाउनुपर्ने र सोहीअनुसारका कार्यक्रम ल्याउनुपर्ने राय व्यक्त गरे ।भेटका क्रममा अर्थमन्त्री महतले सरकारले छिटै नै नीतिमा सुधार गर्दै जनतामा छाएको निराशा हटाउने गरी काम गरिरहेको बताए । उनले बुटवलको विकासका लागि आफु सधै सकारात्मक रहेको र बुटवलको चित्त बुझ्ने गरी काम हुनेमा विश्वास दिलाए ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ