५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

बुटवल । राष्ट्रपति रामचन्द्र पौडेल र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयबीच भेटवार्ता भएको छ। सोमबार भएको भेटवार्तामा नगर प्रमुख पाण्डेयले राष्ट्रपति पौडेललाई बुटवलको जितगढी उत्सव र नयाँगाउँस्थित मुक्तिनाथ धामको उद्घाटनका लागि निमन्त्रणा दिए ।

आगामी वैशाख ७ गते मनाइने जितगढी उत्सव कार्यक्रममा प्रमुख अतिथिका रुपमा निमन्त्रणा दिदै पाण्डेयले बुटवलको जितगढीमा नेपालले अंग्रेजसँगको युद्धमा जित हासिल गरेको र सोही कारणले नेपालको भूभाग सुरक्षित रहेको बताए। उनले बुटवलले जितगढी किल्लालाई पर्यटकीय स्थलका रुपमा विकास गरिरहेको र बुटवलमै निर्माणाधीन संग्रहालयले देशविदेशका पर्यटकलाई आकर्षित गर्ने बताए। पाण्डेयले बुटवलको विकासमा स्थानीय सरकारका तर्फबाट सक्दो प्रयास गरिरहेको र आफ्नो कार्यकालमा बुटवललाई उपयुक्त पर्यटकीय विश्रामस्थल र सबैको रोजाइको शहरका रुपमा स्थापित गर्ने गरी काम गरिरहेको बताए।

भेटका क्रममा राष्ट्रपतिले जितगढी उत्सवमा आफु सहभागी हुने गरी तयारी गर्ने बताए। उनले बुटवलप्रति आफ्नो सद्भाव रहेको बताउदै आफ्नो तर्फबाट हुनसक्ने सहयोग गर्ने बताए । राष्ट्रपति पौडेलसँग सोमबार राष्ट्रपति निवासमा नगर प्रमुख पाण्डेय, प्रतिनिधिसभा सदस्य सुरेन्द्र आचार्यसहितको टोलीले भेट गरेको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ