ताजा अपडेट »

भारतीय मालवाहक सवारी रोक लगाउन माग

आइतबार, २७ पुस २०७६, ०८ : २१
60 Shares
आइतबार, २७ पुस २०७६
60 Shares

पुस २७,

काठमाण्डौ । भारतीय नम्बरका मालवाहक सवारीलाई नेपाल प्र्रवेशमा रोक लगाउन ट्रक व्यवसायीले माग गरेका छन् । विराटनगर ट्रक व्यवसायी सङ्घको २९ औं अधिवेशन कार्यक्रमको अवसरमा शनिवार विराटनगरमा व्यवसायीले भारतीय मालवाहक सवारीलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाउनुपर्ने माग गरेका हुन् ।

भारतबाट मालबस्तु लिएर भन्सार सीमा क्षेत्रसम्म आएका मालवाहक सवारी नेपालमा मनपरी ढङ्गले सञ्चालमा आउँदा नेपालीले रोजगारी खोसिएको भन्दै तत्काल रोक लगाउन माग गरिएको हो । –गोरखापत्र दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।