५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023


बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समान अवस्था र विशेषता भएका शहरहरुका बीचमा विकासका लागि साझेदारी आवश्यक रहेको बताएका छन् ।

भारतको नयाँ दिल्लीमा आयोजित एशियाली देशका शहरहरुका मेयरहरुको सम्मेलनमा बोल्दै प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिका एशियाका उत्कृष्ट शहरहरुको अनुभव र उपलब्धिलाई अंगाल्दै समृद्ध शहर बन्ने गरी काम गर्न इच्छुक रहेको बताए । उनले एशियाली मुलुकका नगरहरुको समान विकासका लागि एकआपसमा सहकार्य गर्न जरुरी रहेको बताए । उनले अबका शहरहरुको विकास भौतिक विकासमा मात्रै केन्द्रित नभइ मानव संसाधनको विकास र रोजगार सिर्जनामा केन्द्रित हुनुपर्ने बताए ।

उहाँले बुटवलले मानव संसाधनका क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन र खपतमा ध्यान दिएको भन्दै अरु मुलुक र नगरहरुबाट थप अनुभव लिएर काम गर्ने बताए। उनले बुटवलमा पीपीपी मोडलमा केही सफल अभ्यासहरु भइरहेको र यसले अन्य शहरहरुलाई सिकाइ हुनसक्ने बताए। प्रमुख पाण्डेयले बुटवल धेरै जिल्लाबाट बसाइ सरेर आएकाहरुको शहर भएकाले बुटवलको विकास र आवश्यकता असीमित रहेको बताए। उनले सम्मेलनमा सहभागी नगरका प्रमुखहरुलाई बुटवल भ्रमणको निम्तो पनि दिए।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ