६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

पुस २६,

Advertisement

ग्लोबल आवाज

बुटवल । राष्ट्रिय एकता र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाली सेनाको आयोजनामा शनिबार बुटवलमा खुल्ला जीतगढी म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ । कुल ४२, २१, १० र ५ किमि लामो ४ चरणमा आयोजना गरिएको सो म्याराथुनको उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले शुभारम्भ गरका थिए । करिब ४ हजार जनाको सहभागिता रहेको सो प्रतियोगितामा बिजयीहरुलाई पुरस्कार वितरण गर्दै उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय एकता र पर्यटन प्रवर्द्धन गर्न सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरे । ऐतिहासिक एवं राष्ट्रिय गौरवका सम्पदाहरुको संरक्षण प्रवर्द्धन र बिकास गर्दै समृद्धिको दिशामा अघि बढ्न प्रेरणा मिलेको उद्घोष गर्दै रक्षा मन्त्री ईश्वर पोखरेलले दलगत राजनिति भन्दा माथि उठेर राष्ट्रिय एकताको भावनामा समाहित हुन सबैलाई आग्रह गरेका छन् ।

४२ किमि लामो फुल म्याराथुन प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख, द्धितियले ५० हजार र तृतिय हुनेले २५ हजार पुरस्कार प्राप्त गरेका छन । यस्तैगरि २१ किमि हाफ म्याराथुनमा प्रथम हुनेले नगद ५० हजार, द्धितियले २५ हजार र तृतियले १५ हजार पुरस्कार प्राप्त गरेका छन । साथै १० किमि म्याराथुनमा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः नगद १५, १० र ५ हजार पुरस्कार प्राप्त गरेका थिए । सो अवसरमा पृतनापति सिताराम खड्काले नेपाल र नेपाली सेनाको ईतिहास प्रवद्र्धन गर्न, नेपाली सेनाले अंग्रेजी फौजमाथी विजय प्राप्त गरेको जीतगढी किल्लाको ऐतिहासिक महत्वलाई उजागर गर्न र त्यसको प्रचार प्रसार एवं संरक्षणकालागि जीतगढी म्याराथुन प्रतियोगिता आयोजना गरिएको बताए ।

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पोखरेलले अन्य सहभागिसँगै चौथो चरणको ५ किमि लामो म्याराथुन प्रतियोगितामा सहभागि भइ दौड पुरा गरेका थिए । प्रतियोगितामा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, पर्यटन मन्त्री लिला गिरी, नेपाली सेना मध्यपश्चिम पृतनाका पृतनापति सिताराम खड्का लगाएतको सहभागिता रहेको थियो । राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलले ऐतिहासिक जीतगढी किल्लाको प्रवर्द्धन र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर खुल्ला म्याराथुन प्रतियोगिता आयोजना गरेको होे ।

प्रतिकृया दिनुहोस्

Flash News

भाटभटेनीलाई झापाली जनताको उत्साहजनक साथ, बिर्तामोड स्टोरमा छुट यथावत प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य