१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

पुस २६,

Advertisement

ग्लोबल आवाज

भैरहवा । सांसद छविलाल विश्वकर्माले थारुहरुको माग सम्बोधन गर्ने गरि थारु आयोग गठनको पहल गर्ने प्रतिवद्वता जनाएका छन् । ओमसतिया गाउँपालिकामा आयोजित प्रथम खिचडी महोत्सवमा बोल्दै रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य विश्वकर्माले सबै जातजाती तथा संस्कृतिको संरक्षण आवश्यक रहेको हँुदा थारु आयोग स्थापनाको पहलको आश्वसन दिएका हुन । नेपाल १ सय २५ जातजातीहरुको जिवित संग्रहालय भएको उल्लेख गर्दै उनले यसले अन्य देशमा पनि सकारात्मक सन्देश प्रवाह हुने जिकिर गरे ।

थारुहरु अहिले जुनसुकै थर लेखे पनि पछाडी थारु शब्द राख्न अगुवा थारुहरुले आग्रह गरेका थिए । अन्य थर लेख्दा थारुको वास्तविक जनसंख्या पत्ता नलाग्ने हुँदा आउँदो जनगणनामा थारु थर लेखाउन उनिहरुले आग्रह गरेका हुन । यसका साथै राज्य अहिले थारुहरुको माग प्रति सकारात्मक नभएको समेत उनिहरुको आरोप रहेको थियो । नयाँ थारु वर्ष २६४४ को अवसरमा थारु कल्याणकारी सभा ओमसतिया गाउँपालिका वडा नम्बर ४ इकाई समितिको आयोजनामा थारु राष्ट्रिय पर्व माघ खिचिडी महोत्सव २०७६ सम्पन्न भएको छ ।

यस क्षेत्रमै पहिलो पटक आयोजित महोत्सवमा थारु संस्कृति सम्बन्धि विभिन्न झाँकीहरुको साथै थारु संस्कृतिहरु प्रस्तुत गरिएको थियो । थारु कल्याणकारी सभा ओमसतिया गाउँपालिका वडा नम्बर ४ इकाई समितिका अध्यक्ष राम लखन चौधरीको अध्यक्षता तथा रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा थारु अगुवाहरु देवी प्रसाद चौधरी, नरसिंह चौधरी, रेखा प्रसाद चौधरी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन अनिल कुमार चौधरी र सचिन थारुले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली