११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

पुस २६,

Advertisement

नयाँदिल्ली । भारतको उच्च अदालतले कश्मीरमा इन्टरनेट प्रतिबन्ध गरिएकोबारे पुनर्विचार गर्न आदेश दिएको छ । कश्मीरमा भारत सरकारले लगाउँदै आएको इन्टरनेट प्रतिबन्धबारे रिट परेकोमा नयाँदिल्लीस्थित उच्च अदालतले शुक्रबार फैसला गरेको हो ।अदालतले अधिकारीहरुलाई एक हप्ताभित्रै त्यसबारे पुनर्विचार गर्न आदेश दिएको हो ।

गत वर्ष अगस्ट ५ देखि नै नरेन्द्र मोदी नेतृत्वको सरकारले कश्मीरको स्वायत्तता खोस्दै संविधान संशोधन गरेको थियो । सम्भावित आन्दोलनलाई रोक्ने मनशायले कश्मीरमा इन्टरनेट र टेलिफोन सेवा प्रतिबन्ध लगाइएको हो । यससँगै कश्मीरमा लगाइएको इन्टरनेट प्रतिबन्ध सबैभन्दा लामो पनि हो । भारतको टेलिकम नियम उल्लंघन भएको अदालतको ठहर छ । सोही कारण कश्मीरका अधिकारीहरुलाई यसबारे समीक्षा गर्न अदालतले एक साताको अवधि दिएको हो । ‘शक्ति दुरुपयोगको अभ्यासबाट स्वतन्त्र आन्दोलन, इन्टरनेट र आधारभूत स्वतन्त्रता खारेजी हुनु हुँदैन,’ अदालतको भनाइ छ ।

वकिल व्रिन्दा ग्रोवरका अनुसार अदालतले अगस्ट ५ देखि प्रतिबन्ध गरिएका सबै व्यक्ति र कुरालाई सार्वजनिक गर्न पनि सरकारलाई आदेश दिएको छ । ‘आधारभुत सेवा, इन्टरनेट तत्कालै पुन स्थापित हुनैपर्छ भनेर अदालतले भनेको छ । यदी प्रतिबन्ध हटाइएन भने जनताले त्यसलाई चुनौती दिन स्वतन्त्र छन्,’ वकिल ग्रोवरले भने । यस्तै इन्टरनेटको पहुँच आधारभुत अधिकार भएको सर्वोच्च अदालतका न्यायाधीश एनभी रमानाले भनेका छन् ।-एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ