ताजा अपडेट »

कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा

आइतबार, १९ चैत्र २०७९, १४ : १७
30 Shares

काठमाडौं । कामना सेवा विकास बैंकले ४.६४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।बैंकले हाल कायम चुक्ता पूँजीको ४.४१ प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ ०.२३ प्रतिशत नगद लाभांश गरि कुल ४.६४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारण सभाले पारित गर्नेछ र सोहीदिन लगानीकर्ताले पाउनेछन् ।
 ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।