२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।शुक्रबार स्थिर रहेको अमेरिकी डलर आज २८ पैसाले घटेको छ । आइतबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । यसअघि शुक्रबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ ४५ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ५ पैसामा कारोबार भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोपियन युरोमा ओरालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४२ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा २८ पैसाले घटेको हो । शुक्रबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ४ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ७० पैसा कायम गरिएको थियो। 

आइतबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा तोकिएको छ। यो मूल्य शुक्रबारको तुलनामा १६ पैसाले घटेको हो । शुक्रबार यसको खरिदमूल्य १६२ रुपैयाँ ३८ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ १२ पैसा कायम गरिएको थियो ।  त्यसैगरी, आइतबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ८२ पैसा र बिक्रीमा ८८ रुपैयाँ २२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८४ पैसा र बिक्रीमा ९७ रुपैयाँ २८ पैसा कायम भएको छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा तोकिएको छ भने युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८८ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसामा पाइनेछ ।उता, कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ४९ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ४४ पैसा पाइन्छ भने आइतबार बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ५० पैसा तोकिएको छ।
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता