ताजा अपडेट »

लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहलमा पानी चुहियो, मर्मत नभएसम्म विल भुक्तानी रोक्का

आइतबार, १९ चैत्र २०७९, १२ : ०९
48 Shares

बुटवल । गौतम बुद्धको जन्मस्थल लुम्बिनी स्थित अन्तर्राष्ट्रिय स्तरको बौद्ध सभाहलमा पानी चुहिएको छ । चैत १७ गते परेकोे वर्षाको पानी सभाहलको छानोबाट चुहिएको हो ।

लुम्बिनी विकास कोषले निर्माण कम्पनी लुम्बिनी/अर्घाखाँची/बाबुल जे.भि. लाई वर्षाको पानी छानोबाट चुहिएका देखिएको भन्दै तत्काल भरपर्दो मर्मत गरी प्राविधिक रुपमा पानी नचुहिने प्रत्याभूति गराउने गरी मर्मत गर्न निर्देशन दिएको छ । साथै लुम्बिनी विकास कोषले मर्मत कार्य सम्पन्न नहुन्जेलसम्म अन्तिम विल भुक्तानी रोक्का गरिने जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।