ताजा अपडेट »

प्रतिनिधिसभा सदस्यको मञ्जु शर्मा अन्सारीले लिइन् शपथ

आइतबार, १९ चैत्र २०७९, ११ : ४९
24 Shares

काठमाडौं । मञ्जु शर्मा अन्सारीले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरवारस्थित कानुन समितिको हलमा आइतबार सभामुख देवराज घिमिरेसक्षम अन्सारीले प्रतिनिधिसभा सदस्य पदको शपथ लिएकी हुन् । 

सांसद सहनाज रहमानको निधनपछि रिक्त रहेको पदमा उनलाई जसपाले सांसद बनाएको हो । अन्सारी पार्टीको मुस्लिम समुदायबाट समानुपातिकतर्फको सूचीको दोस्रो वरीयतामा थिइन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।