२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

हेटौडा । मकवानपुर सदरमुकामा हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीका दुई सडक बन्द गरिएका छन्। चित्लाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक स्तरोन्नति गरिन लागिएको भन्दै केही समयका लागि बन्द गरिएका हुन्।थाहा नगरपालिका प्रमुख विष्णु विष्टका अनुसार सडक स्तरोन्नति एवं मर्मतकार्य जारी रहेकाले अर्को सूचना नभएसम्मका लागि सडक अहिलेका लागि बन्द गरिएको हो। 

चित्लाङ–चन्द्रागिरि–थानकोट सडक खण्डको स्तरोन्नति भइरहेकाले प्रत्येक दिन बेलुका ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि सडक बन्द रहने जनाइएको छ । त्यस्तै कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डअन्तर्गत ज्यामिरे– रामचन्द्र भन्ज्याङको सडक स्तरोन्नतिसहित कालोपत्र गर्ने काम भइरहेकाले सो खण्डमा सडक बन्द गरिएको हो । हरेक दिन बिहान ७ देखि साँझ ५ बजेसम्म एम्बुलेन्स, स्थानीयका सवारीसाधन र स्थानीय रुटमा चल्नेबाहेकका सवारीसाधन बाहेका अन्य सवारीका साधन सञ्चालन नगर्न आग्रह गरेको छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता