२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

बुटवल । रूपन्देहीको तिलोत्तमा स्थित नमस्ते एकेडेमी विश्व प्रसिद्ध क्याम्ब्रिज इन्टरनेशनल स्कूलमा आबद्ध भएको छ । ब्रिटिस एजुकेसन ग्रुपकोे व्यवस्थापनमा तिलोत्तमा-१४ मा सञ्चालित नमस्ते एकेडेमी क्याम्ब्रिज ईन्टरनेसलनलले निर्धारण गरेका विभिन्न सूचकहरु पूरा गर्दै काठमाडौं बाहिरको पहिलो क्याम्ब्रिज स्कूलका रुपमा रजिष्टर हुने विद्यालय बनेको हो ।

Advertisement

विद्यालयले अभिभावकहरुको माझ एक कार्यक्रमको आयोजना गरी क्याम्ब्रिज ईन्टरनेसनलबाट प्राप्त सम्वन्धनको प्रमाणपत्र सार्वजनिक गर्दै सो कुराको जानकारी गराएको हो । विद्यालयका प्राचार्य जिग्मे शेर्पाले कक्षा कक्षा १ देखि ७ सम्मका लागि क्याम्ब्रिज एसेसमेन्ट सेन्टरका रुपमा विद्यालय दर्ता भएको बताए । उनले विद्यालयमा क्याम्ब्रिजमा जोडिएका विश्वका जुनसुकैै स्कूलमा अध्यापन गराईने क्याम्ब्रिजकै करिकूलम अनुसार अबका कक्षाहरु संचालन हुने बताए ।

उनले भने -‘हामीले क्याम्ब्रिज विश्व विद्यालयले तोकेका सबै मापदण्डहरु पूरा गरेरमात्र यो सम्वन्धन प्राप्त गरेका हौं । विद्यालयको शैक्षिक गुणस्तर, भौतिक पुर्वाधार, विद्यार्थीको अतिरिक्त क्रियाकलाप लगायतका विषयहरुको स्थलगत अनुगमनपछि मात्रै क्याम्ब्रिज इन्टरनेसनले सम्वन्धन प्रदान गरेको हो ।’


क्याम्ब्रिज स्कूलमा आबद्ध विश्वका १६० बढी देशका विद्यालयमा आफ्नो देशको विषय बाहेक अंग्रेजी, गणित र विज्ञान विषयमा क्याम्ब्रिजको पाठ्यक्रम अनुसार अध्यन गराउने गरिन्छ । यस बिधिले अध्ययन गराउँदा विद्यार्थीहरुलाई जिज्ञासु बनाउने र आफै खोजेर सिक्ने क्षमताको विकास गराउने विद्यालयले बताएको छ ।


‘हामी केही साथीहरु मिलेर रुपन्देहीमा विश्व स्तरीय विद्यालय शिक्षा प्रदान गर्ने गरि सुरुवात गरेको विद्यालय आज ब्रिटीस एजुकेसन ग्रुपको प्रत्यक्ष संलग्नता तथा ब्यावस्थापनमा यो उचाई हासील गर्दा गौरव लागेको छ ।’- विद्यालयका निर्देशक बिष्णु भुसालले भने, “हाम्रा बाबु नानीहरुलाई अन्तराष्ट्रिय स्तरको विद्यालय शिक्षा आफ्नै ठाँउमा दिनु पर्छ भन्ने उद्देश्य राखेर हामीले विद्यालयको सुरुवात गरेका थियौ आज यो विद्यालय रुपन्देहीको अभिभावकहरुमाझ पहिलो रोजाई बन्न सफल भएको छ ।”


विद्यालयमा ४०० बढि विद्यार्थीहरु अध्ययनरत छन् । ५ वर्ष अगाडि मोफसलमै उत्कृष्ट विद्यलय बनाउने उद्देश्यका साथ स्थापित यस विद्यालय स्थापनाको छोटो अवधिमैै लोकप्रीय विद्यायको रुपमा स्थापित भएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

तिनाउको मस्याम एकीकृत क्याम्पसमा शैक्षिक विमर्श बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर