२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

नेपाल पत्रकार महासंघले लुम्बिनीमा राष्ट्रिय मडिया सम्मेलन आयोजना गरेको र त्यो राष्ट्रिय मिडिया सम्मेलन सफल रुपमा सम्पन्न भएको विभिन्न सामाजिक सञ्जालबाट थाहा भयो । समपन्न नभएको भएपनि शनिबारसम्म पक्कै सम्पन्न हुने छ । सम्मेलनको मेरो पनि सफलताको शुभकामना छ । सबै ठाउँमा हुने कार्यक्रमहरुमा सबैलाई थाहा नहुन पनि सक्छ । सबैलाई बोलाउनै पर्छ भन्ने पनि होइन ।

Advertisement

सार्वजनिक रुपले गरिने कार्यक्रमहरु अहिलेको अवस्थामा प्रायजसोले थाहा पाउन खासै बेरपनि लाग्दैन । आयोजकले सबैलाई जानकारी गराउन सक्ने कुरो पनि नहुन सक्छ । यस्ता मिडिया सम्मेलन गर्दा वा साधारण सभा र अधिवेशन गर्दा सीमित मान्छे र सीमित संघ-संगठन वा संस्थालाई निमन्त्रणा गर्ने आफ्नै अधिकार आयोजकहरुलाई हुन्छ ।

मिडिया सम्मेलन आयोजना गर्नु ठूलो कुरा होइन । त्यो मिडिया सम्मेलनमा श्रमजीवि पत्रकारहरुको विषयमा कति बहस तथा छलफल भयो भन्नेले ठूलो महत्व राख्छ । श्रमजीविहरुको पक्षमा के-के निर्णय गरियो र भोलीका दिनमा कार्यान्वयन हुन्छ भन्ने कुरा महत्वपूर्ण हो । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले तोकेको सीमित तलब पनि देशभरका अधिकांस मिडियाले श्रमजीवि पत्रकारहरुलाई दिएको अवस्था छैन । म पनि त्यसमा अछुतो छैन । भन्नुको अर्थ मैले पनि पाएको छैन ।

पछिल्ला दिनमा श्रमजीवि पत्रकारहरु आर्थिक रुपले निकै समस्यामा परेका छन् । काम गरेको सामान्य पारिश्रमिक पनि नपाएको अवस्था सबैलाई थाहा छ । पत्रकार महासंघले आयोजना गरेका सम्मेलनमा कुरा मात्र ठूला गर्ने व्यवहारमा साहुहरुको पक्ष पोषण गर्ने पत्रकार महासंघको नेतृत्वकै गलत व्यवबहारका कारण देशभरका श्रमजीवि पत्रकारहरु समस्यामा परेका हुन् । महासंघको सदस्यता सुद्धिकरण गर्ने भनेको पनि लामो समय भयो । हुन सकेको छैन । त्यो पनि महासंघको नेतृत्वकै कारण हो । राजनीतिक रुपमा आफ्नालाई काखा र विचारको आधारमा अर्कोलाई पाखा लगाउने नेतृत्वको आँखामा मोतीया विन्दु रोग लागेकै हो । विचारको आधारमा महासंघको नेतृत्वले जुन हैसीयत देखाउँदै आएको छ, यो निन्दनीय र आपत्तिजनक छ ।

सार्वजनिक कार्यक्रममा महासंघमा भएका कमीकमजोरी खुल्ने डरले सबै पत्रकारहरुसंग सम्बन्धित सबै संघ-संगठनहरुलाई खबर पनि गरिँदैन । किनकी त्यहां आलोचना सहनु पर्छ । केही समय अघि पत्रकार महासंघको सुर्खेतमा भएको साधारण सभाले पनि स्पष्ट पारेको छ, की महासंघले श्रमजीवि पत्रकारहरुको पक्षमा सिन्को पनि भाच्न सकेको छैन ।

पत्रकार महासंघ सबै विचार राख्ने पत्रकारहरुको छाता संस्था हो, भनिन्छ । विचारको आधारमा महासंघमा साथीहरु निर्वाचित गराईएकै हो । त्यसमा कुनै दुईमत छैन । तर महासंघ सबैको साझा संस्था हो भन्ने साथीहरुको दिमागमा नभएपछि महासंघ कमजोर र कुनै विचार समूहको संगठन जस्तै बन्ने हो । महासंघ त्यस्तै-त्यस्तै बनेको छ । पत्रकारिता व्यवसायिक र वर्गीय हुन्छ । कसैले विचारको आधारमा वर्गीय पत्रकारितालाई मिसनको रुपमा पत्रकारिता गरेको हुन्छ । कसैले व्यवसायिक पत्रकारितालाई अगाडि बढाएको हुन्छ । त्यो व्याक्तिमा भरपर्ने कुरा हो । जे-जे भएपनि महासंघलाई साझा बनाउनु पर्छ भन्ने देशभरका साथीहरुको साझा धारणा बनेको छ । अहिलेसम्म त्यस्तो देखिएको छैन । महासंघमा निर्वाचित व्यक्ति जुनसुकै दलको होस्, त्यो दोस्रो कुरा हो । पहिलो कुरो महासंघमा निर्वाचित भएका साथीहरुको भूमिका तथा व्यवहार साझा हुनुपर्छ ।

महासंघमा निर्वाचित अधिकांस साथीहरुको भूमिका साझा छदै छैन । विचारकै कारण संकिणता छ । यो नयाँ रोग होइन पुरानै दिर्घ रोग हो । सामान्य निःशुल्क रुपमा आयोजना गरिएको आँखा चेकजांचले यो रोग निको हुने छैन । श्रमजीवि पत्रकारहरुको वास्तबिक समस्या के-के हुन् ? र कसरी ति समस्यालाई सुल्झाएर न्याय गर्न सकिन्छ भन्ने हो । यो कुरा सबै पत्रकार साथीहरुले बुझ्न जरुरी छ ।

महासंघको भूमिकालाई साझा बनाएर देश र विदेशमा रहेका नेपाली पत्रकारहरुलाई एक ठाउँमा गोलबन्द गर्नुपर्छ भन्ने विषयमा अहिलेसम्मको महासंघको नेतृत्व चुकेको छ । खास गरेर जिल्ला तहको नेतृत्वभन्दा केन्द्रको नेतृत्व बढी दोषी छ । महासंघमा जांदा श्रमजीवि पत्रकारहरुको पक्षमा वडो ठूला-ठूला कुरा गर्ने, अनी निर्बाचित भएपछि आफ्नै दलको पक्षपोषण गर्ने र दलीय राजनीतिलाई प्रमुख मान्ने महासंघमा निर्वाचित साथीहरुले आ-आफ्नो व्यवबहारमा सुधार नल्याउंदासम्म महासंघ, महासंघ जस्तो बन्दै बन्दैन । महासंघको नाममा केही अमुक दलको अगुवाई गर्ने जस्तो महासंघ बन्न सक्छ र अहिले त्यस्तै छ ।

एउटा सामान्य सदस्यता दिंदासमेत दलीय राजनीति गर्ने, साधारण सभा, अधिवेशन र मिडिया सम्मेलन जस्ता सार्वजनिक कार्यक्रमहरुमा पनि वीचारको आधारमा पत्रकारहरुसँग सम्बन्धित संघसंगठनहरुलाई वाईपास गर्ने महासंघको नेतृत्वको संकुचित व्यवहारले गर्दा महासंघको गरिमा घट्दै गएको छ । नेतृत्वको आलोकांचो, अपरिपक्क, संकिण व्यवहारले वेला-वेलामा महासंघको विकल्पका कुराहरु उठिरहेका छन् । महासंघको विकल्प खोज्नु अहिलेको अवस्थामा गलत हो । तर समयक्रम अनुसार नेतृत्वको भूमिका साझा बन्न नसक्दा नेपाल पत्रकार महासंघ संकटमा पर्न सक्छ र विकल्प खोज्नेहरुलाई सहज हुन सक्छ । यसप्रति महासंघको नेतृत्व जवफादेही बन्न सक्नु पर्छ । नेतृत्वलाई आक्षेप लगाएको हैन । उहांहरुको व्यवहारले जस्तो देखाएको छ, त्यस्तै लेखेको मात्र हो । मेरो कुनैप्रति आक्षेप र पूर्वाग्राही छैन । नेतृत्वमा पूर्णसुधार आउनु पर्छ भन्ने हो ।

सदस्याता सुद्विकरण र न्यूनतम् पारिश्रमिक निर्धारण समितिले तोकेको एक जनलाई १५ दिन पनि खान नपुग्ने तलबसमेत नपाएपछि श्रमजीवि पत्रकारहरको आवाजलाई सम्बोधन गर्न नसक्ने महासंघ कस्तो महासंघ हो ? नेतृत्व किन भाषण मात्रै गर्छ ?

न्यूनतम् पारिश्रमिक उपलब्ध गराउन नसक्ने मिडिया हाउसहरुको अनुगमन गरेर कारवाहीका लागि सिफारिस गरी आफ्ना श्रमजीविहरुलाई बचाउने काममा महासंघको नेतृत्व त्यसतर्फ लाग्न जरुरी छ । त्यस्तै सदस्यता सुद्धिकरणमा आफ्नो विचार नजिक भएकालाई संरक्षण गर्ने र अर्कोलाई स्वीकार गर्न नसक्ने व्यबहारको अन्त्य नहुँदासम्म महासंघ महासंघ बन्दैन । केवल देख्न र सुन्नका लागि भएको नेपाल पत्रकार महासंघको कुनै अर्थ रहँदैन ।

पछिल्लो समय धेरै पत्रकारहरु सदस्यता नविकरण गर्नमा इच्छुक देखिएका छैनन् । एक हजार रकम उठाउन बारम्बार फोन गरेर बोलाउनु पर्ने अवस्था किन आयो ? यो महासंघको विश्वास घट्दै गएको कारण हो भन्ने कुरा अब नेतृत्वले राम्रोसंग बुझ्न जरुरी छ । नेतृत्वले समयमा नबुझे विष्फोट हुन सक्छ । जहां दमन, अन्याय र अत्याचार हुन्छ, त्यहां विष्फोट हुन्छ ।

स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने गरी मिडिया विद्येयक आएको छ । जुन घातक छ । यसबारे महासंघका नेताहरुको भाषण मात्र होकी खारेज गरेर प्रेसमैत्री मिडिया विद्येयक ल्याउने हो ? केही प्रदेशमा महासंघकै नेतृत्व, मुख्यमन्त्री र मन्त्रीहरुको मिलोमतोमा मिडिया विद्येयक ल्याईएको छ ।
महासंघको निर्वाचन नजिकिने बेला गैर ढंगले एक जिल्लाबाट अर्को जिल्लामा आफ्ना निकटका साथीहरुलाई सदस्यता सरुवा गर्ने र त्यो जिल्लामा आफ्नो पार्टीको अखडा जमाउने गरी महासंघकै नेतृत्वबाट भैरहेको छ । त्यो क्रमस जिल्ला र आवश्यक अनुसार व्यक्तिको नाम पनि खुलाउनका लागि एथेष्ट प्रमाणहरु छन् । महासंघ र महासंघको नेतृत्वमा सुधार ल्याउन ति प्रमाणहरु समयको माग अनुसार खुलाईने छ ।

यी र यस्ता विषयमा सबै पत्रकारहरुले आफ्नो छाता संस्था नेपाल पत्रकार महासंघलाई आमश्रमजीवि पत्रकारहरुको साझा संस्था बनाउन र नेतृत्वलाई सही ठाउँमा ल्याउन खवरदारी गर्न जरुरी छ । पत्रकारहरु पनि पत्रकार महासंघ र महासंघको नेतृत्वप्रति प्रतिपक्ष हुनुपर्छ । महासंघको गरिमालाई जोगाउने की केही सीमित व्यक्तिलाई सधैभर हालीमुहाली गर्न दिने भन्ने विषयमा महासंघका सदस्य पत्रकार साथीहरु नै बढी जिम्मेवार बन्नुको अर्को विकल्प छैन ।

कुनै विचार बोकेकालाई वाइपास गरेर नेपाल पत्रकार महासंघ चल्दैन ।नेपाल पत्रकार महासंघको अस्तित्व झनै घट्दै जान्छ । यस विषयमा नेतृत्व जवाफदेही हुनुपर्छ र महासंघका आमसदस्य सचेत हुन जरुरी छ ।

प्रतिकृया दिनुहोस्

Flash News

शाहिदको ओटीटी पारिश्रमिक ४० करोड लागुऔषधसहित ३ जना पक्राउ जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ यस्तो छ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ) गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै खोलिनुपर्छ : नेता महर प्रधानमन्त्री प्रचण्डविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुल्यो एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या