२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

बुटवल । राईड टु रानीमहल सिजन ३ को यात्रा बुटवलको जितगढी किल्लाबाट शुक्रबार विहान सुरु भएको छ । जिल्ला साईकिलिङ संघ रुपन्देहीको आयोजनामा जितगढी किल्लादेखि सुरुभई पाल्पाको ऐतिहासिक स्थल  रानीमहलसम्म हुने यात्राको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले शुभारम्भ गरे ।

Advertisement

यात्राको शुभारम्भ गर्दै भट्टराईले खेलकूदको माध्यमबाट यस क्षेत्रका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने काम भएकाले खेलकूद परिषदको आवश्यक सहयोग र समर्थन रहने उल्लेख गरे । जिल्ला खेलकूद बिकास समिति रुपन्देही अध्यक्ष हरि क्षेत्रीले पर्यटनसँग जोडेर हुन लागेको कार्यक्रम सफल बनाउन आवश्यक रहेको बताए । उनले वार्षिक रुपमा योजना ल्याएमा कार्यक्रमको लागि बजेटको ब्यवस्थापन गर्न सकिने बताए ।

साईकल चलाऔ, आन्तरिक पर्यटन प्रवर्द्धन गरौ भन्ने नाराका साथ राईड टु रानिमहल कार्यक्रम आयोजना गरिएको जिल्ला साईकिल संघ रुपन्देही अध्यक्ष पुकार थापाले जानकारी दिए ।काठमाडौ, लमजुङ, हेटौडा, धरान, बाके, दाङ, रुपन्देही लगायतका जिल्लाबाट १२० बढी साईक्लिस्टहरुको सहभागीता रहेको अध्यक्ष थापाले जानकारी दिए ।

बुटवलको जितगढीबाट सुरु भएको यात्रा सिद्धार्थ राजमार्ग हुँदै ऐतिहासिक तथा पर्यटकीय स्थल पाल्पाको तानसेनमा पुगेर नगर परिक्रमा गर्दै रानीमलतर्फ लाग्ने छ । रानीमहलको एक रात बसाईपछि पुन बुटवलमै आएर यात्राको समापन गरिने आयोजकले जनाएको छ ।  रानीमहल बसाईका क्रममा विभिन्न प्रतियोगिताहरु गराउनुका साथै रानीमहलका ऐतिहासिकता बारे जानकारी गराइने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : केपी ओली  प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : केपी ओली सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा