७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

पुस २५,

Advertisement

ग्लोबल आवाज

गुल्मी । भूकम्पपछि निर्माण गरिने भवनहरुमा जोखिम न्यूनिकरण गर्ने उद्देश्यले गुल्मीमा विद्यालय स्तरीय कार्यक्रम गरिएको छ । जिल्ला सदरमुकाम तम्घासमा विद्यालयमा आधारित बिपद जोखिम न्यूनिकरण सम्बन्धी कार्यक्रम गरिएको हो । राष्ट्रिय पूनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाइ शिक्षाको आयोजनामा जिल्ला भर रहेका मध्ये ४३ वटा विद्यालयका प्रधानाध्यापकहरुको सहभागितामा बिपद जोखिम न्यूनिकरण सम्बन्धी कार्यक्रम राखिएको थियो ।

निर्माण भइरहेका कक्षा कोठाहरु भवनहरु सुरक्षित, बलियो बनाउने उद्देश्य कार्यक्रम गरिएको राष्ट्रिय पूनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाइ शिक्षा गुल्मीका प्रमुख पिताम्बर पन्थीले बताए । पूनर्निर्माण भइरहेका भवनहरु र अबका दिनमा निर्माण हुने विद्यालयका भौतिक संरचनाहरु आफैले निर्माण गरेका आफ्नो लागि घातक नहोउन भन्ने उदेश्यले कार्यक्रम गरिएको प्रमुख पन्थीले बताए । जिल्ला भरबाट आएका बिभिन्न विद्यालयका प्रधानाध्यापकहरुलाई बिपद न्यूनिकरण र नेपालको अबस्थाको बारेमा शसस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी नायव उपरिक्षक बिनोदराज खनाल, जिल्ला आयोजना कार्यन्वयन इकाइ शिक्षा गुल्मीका इन्जिनियर लक्ष्मण राउतले जानकारी गराएका थिए ।

अब बन्ने संरचनाहरु बिपदमैत्री बनाउने बारे प्रशिक्षण राखिएको थियो । सानो कुरामा ध्यान दिन सके विपदबाट जोगिन सकिने जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले बताए । धेरै जसो बिपद हामीले बनाएका संरचनाबाट हुने गरेको पराजुलीको भनाई छ । प्राकृतिक बिपदले भन्दा पनि हामीले निर्माण गरेका संरचनाबाट ठूलो जनधनको क्षती हुने गरेकाले बिपदलाई न्यूनिकरण गर्न संरचना निर्माणमा ध्यान दिनुपर्ने प्रमुख पराजुलीले बताए । भुकम्प पछि धेरै जसो निर्माण भएका भवनहरुमा केहि परिर्वतन आएको छ ।

तर बिपदको बेला केहि समय सम्झीने गरेपनि केहि समयपछि भुल्ने बानीले पनि बिपद न्यूनिकरणमा ध्यान नगएको गुल्मीका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए । सामान्य कुराले पनि बिपद न्यूनिकरण गर्न सकिने प्रमुख जिल्ला अधिकारी निरौलाको भनाई छ ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल