२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

भैरहवा । तीन दिने फोटो पत्रकारीता तालिम बिहिबार देखी भैरहवामा सुरु भएको छ । रोहिणी गाउँपालिका, रुपन्देहीको आयोजना तथा लुम्बिनी प्रेस क्लब, रुपन्देहीको सहकार्यमा मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित लुम्बिनी प्रेस क्लबको भवनमा सुरु भएको हो ।

Advertisement

क्लबका सदस्यहरुको क्षमता अभिवृद्धि अन्तर्गत तालिम सञ्चालन गरिएको क्लबकी तालिम समिति संयोजक उषा केसीले बताइन् । तालिमको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । उनले लुम्बिनी प्रेस क्लबसँग आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने बताए । उनले भने, ‘क्लबसँग सल्लाह सुझाव लिएर अघि बढ्छौं ।’

क्लबकी अध्यक्ष सम्झना शर्माले क्लबमा आबद्ध पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि रोहिणी गाउँपालिकाको सहयोग महत्वपूर्ण रहेको बताइन् । उनले आगामी २०८० मंसिरमा क्लबले लुम्बिनी न्यूज फेस्टिभलको दोश्रो श्रृंखला आयोजना गर्न लागेको जानकारी दिइन् । यसका लागि पनि स्थानिय तहहरुको सहयोगले अगाडी बढने शर्माले बताईन । क्लबका सदस्य तथा प्रशिक्षक दीपेन्द्र बडुवालले क्लबले स्थापनाकालदेखि नै आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्दै आएको बताए । उनले रोहिणी गाउँपालिकाले हौसला प्रदान गरेको बताए । लुम्बिनी न्यूज फेस्टिबल कार्यक्रमको संयोजक समेत रहेका बडुवालले कार्यक्रमलाई सफल बनाउनुपर्नेमा जोड दिए ।

क्लबकी अध्यक्ष सम्झना शर्माको अध्यक्षता, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, क्लबकी तालिम समिति संयोजक उषा के.सी.को स्वागत तथा महासचिव शंकर प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिम चैत १८ गतेसम्म सञ्चालन हुने क्लबका कोषाध्यक्ष राधेश्याम विश्वकर्माले बताए । तालिमको कान्तिपुर दैनिकका लुम्बिनी प्रदेश प्रमुख दीपेन्द्र बडुवाल र नेपाल टेलिभिजनका रुपन्देही संवाददाता दीपक घिमिरेले सहजीकरण गरेका छन् । क्लबमा ३९ जना सदस्य आबद्ध छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

फनफनीमा आर्यन अधिकारी अनुबन्धित प्रधानमन्त्रीलाई ओलीको प्रश्न– बिगुल फुक्ने ठाउँ हो दिल्ली ? प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : केपी ओली  प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : केपी ओली सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु