२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

भैरहवा । नेपालमा अहिले रहेका कम्बाईन्ड हार्भेष्टरको अद्यावधिक रुप सिरिज–२ अन्र्तगतका कम्बाईन्ड हार्भेष्टरको बिक्रि भैरहवामा सुरु भएको छ । शौरभ इन्टरप्राईजेजको भगिनी संस्था शौरभ कृषि फार्मले गहुँ तथा धान काट्ने कम्बाईन्ड हार्भेष्टरको मेशिनको विक्री सुरु गरेको छ।

Advertisement

सोनालिकाले बजारमा ल्याएको यो नयाँ सिरीजको कृषि यन्त्रले पुरानो सिरिजका कम्बाईन्ड हार्भेष्टर भन्दा छिटो एवम उन्नत तरिकाले धान गँहु कटान गर्ने जनाएको छ । शौरभ इन्टरप्राईजेज भैरहवा, रुपन्देहीका अध्यक्ष दीपक श्रेष्ठका अनुसार गहुँ धान काट्ने यो यन्त्र फोर डब्लु डी र टु डब्लु डि गरी २ मोडलका छन् । फोर डब्लु डीको ५१ लाख रुपैया र टु डब्लु डीको ४८ लाख रुपैयाँ मुल्य (करसहित) रहेको छ । यसमा किसानको सुविधा अनुसार बैकिङ्गको ब्यवस्था पनि गर्न सकिने उनले बताए ।

“सबैभन्दा छिटो, कम लागतमा बढी गहँु र धान काट्ने यो यन्त्र अहिले निकै लोकप्रिय भइरहेको छ । यसको क्षमता गहुँ तथा धान १ घण्टामा १ विगाहामा काट्ने गर्दछ । डिजल इञ्जिनबाट चल्ने यो यन्त्रले १ घन्टामा ७ देखि ९ लिटर डिजल मात्र खपत गर्दछ ।” उनले भने, “यो अहिले सम्मकै सबैभन्दा किफायती हो ।” इन्जन र गियरबक्समा १ वर्षको वारेण्टी रहेको यसको क्षमता धान गहुँ कटानपछि १८ क्वीन्टल राख्न मिल्ने टैंक रहेको श्रेष्ठले बताए ।

उनका अनुसार यसमा कटर ग्रेडर लगाएपछि धान गहुँबाहेक मकै अरहर, मसुरो, सुर्यमुखी काट्न मिल्छ । सौरभ कृषि फार्म सोनालिकाको कम्बाईन्ड हारभेष्टरको सप्लायर्स नेपालमा एकमात्र रहेको श्रेष्ठले बताए । “जनशक्तिको अभाव भएको बेलामा यो उपकरणले किसानलाई धेरै राहत दिन्छ । विक्रीपछिको सेवा उपलब्ध छ । घर खेत जहा बिग्रे पनि त्यही गएर मर्मत गर्ने सेवा उपलब्ध छ ” उनले भने ।

विगत ६ वर्षदेखि कृषि क्षेत्रमा प्रयोग हुने मेशिन विक्री वितरण गर्दै आएको फार्मले भारतीय कम्पनी सोनालिकाले उत्पादन गर्दै आएको विभिन्न कृषि उपकरणहरु देशभैर विक्री गर्दै आएको छ । सोनालिकाको कृषि उपकरण विक्री गर्दै आएकोमा कम्बाईन्ड हार्भेष्टरको नेपालकै डिलर र अन्य उपकरण रोटाभेटर, कल्टिभेटरसहितका यन्त्रको पनि शौरभ कृषि फार्मले विक्री गर्दै आएको सौरभ इन्टरप्राईजेजले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : केपी ओली सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर