ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ

बुधबार, १५ चैत्र २०७९, २१ : ४१
26 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा ९ का स्थानीय नारायण पाण्डेको घरबाट मोटरसाईल चोर गरी भाग्दै गरेका २ जना रङ्गेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी सुनवल नगरपालिका वडा नं.९ का २५ वर्षीय रवी प्रसाद चौधरी र प्रतापपुर गाउँपालिका वडा नं.२ का २६ वर्षीय खिरी नारायण थारु रहेको प्रहरीले जनाएको छ ।

तिलोत्तमा नगरपालिका वडा नं. ९ स्थित पाण्डेको घरमा पार्किङ गरी राखेको लु ६७ प ८६१९ नम्बरको १५० सीसी को बजाज कम्पनीको पल्सर मोटरसाईकल चोरेर भाग्दै गरेका २ जना भाग्दाभाग्दै पक्राउ परेका हुन् ।

चोरीमा संलग्न २ जनाले चोरी गरी लैजादै गर्दा स्थानीयको सहयोगमा मोटरसाईकलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी दानबहादुर थापाले बताए । पक्राउ परेका २ जनालाई चोरी सम्बन्धी कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।