ताजा अपडेट »

बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण

बुधबार, १५ चैत्र २०७९, १९ : ५३
59 Shares


बुटवल । बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण गरिएको छ । बुटवल १५ मा गठित वडास्तरीय कृषि प्रवद्र्धन समितिको सिफारिशको आधारमा सुनौलो लोकछहारी सामाजिक उद्यमी सहकारी संस्थासँगको सहकार्यमा बुटवल वडा नं १५ ले अरुण २, रामपूर कम्पोजिट र रामपुर हाइब्रीड जातको मकैको बीउ वितरण गरिएको हो ।

बुटवल १५ का अध्यक्ष तथा नगरप्रवक्ता शिव रानाले किसानहरुलाई बीउ वितरण गरे । बीउ वितरण गर्दै उनले मकै उत्पादनमा अब्बल बन्न किसानहरुलाई आग्रह गरे । उनले बुटवलको पश्चिमी क्षेत्रलाई कृषिमा अब्बल बनाउने गरी लाग्न किसानलाई आग्रह गरे । उनले बुटवललाई कृषिमा अगाडि बढाउँदै आत्मनिर्भर बनाउने गरी काम गर्ने किसानलाई उपमहानगरपालिकाले साथ दिने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।