२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

बुटवल । संचारकर्मीहरुको लागि श्रवणदृष्टी विहीनता सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ । तिलोत्तममाा आयोजना गरिएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै श्रवणदृष्टि विहिनता परियोजना रुपन्देहीका परियोजना प्रमुख प्रेम अचार्यले सरकारी कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्य स्वयमसेविका, पत्रकार, शिक्षक, सरोकारवाला लाइ श्रवणदृष्टि विहिन अपाङ्गता समन्धी तालिम, अन्तरक्रिया, कार्यक्रम संचालन गरिएको बताए ।

Advertisement

उनले विगत ३ बर्ष देखि अपाङ्गता सम्बन्धी हक अधिकार तथा ऐन कानुन को सहि कार्यन्वयनका लागि स्थानीय निकायसँग पहल र पैरवी कार्यक्रम संचालन, श्रवणदृष्टिबिहिन अपाङ्गता भएका व्यक्तिको आँखा र कानको जाँच, फिल्ड भिजिट एनडईड फोनमा श्रवणदृष्टिबिहिन अपाङ्गता सम्बन्धी संचार तालिम, ब्रेल तालिम, सांकेतिक भाषा तालिम, बन्दा बन्दीको समयमा आर्थिक समस्यामा परेको परिवारलाई राहात वितरण गरिएको बताए ।

श्रवणदृष्टिबिहिन अपाङ्गता भएका बालबालिकाको परिवार तथा युवा युवतीहरुलाई गमनशिलता तालिम तथा क्षमता बिकास, संस्थागत विकास तालिम समेत प्रदान गरिएको जानकारी दिए ।

श्रवणदृष्टि विहिन अपाङ्गता भएका बालबालिकाहरुको लागि शान्ति नमुना माविमा श्रोत कक्षा संचालन गरिएको जानकारी दिदै उनले १० जना बालबालिकाहरुलाइ भर्ना गरी पठनपाठन कार्य बिगत २ वर्षदेखि सुरुवात गरिएको बताए ।

श्रवणदृष्टि विहिन अपाङ्गता भएका बालबालिकाहरुको अभिभावकहरुको संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता गरि तिलोत्तामा नगरपालिका सुचिकृत गरि संगठित संस्थाको रुपमा संस्था संचालन गरिएको उनको भनाई छ ।

कार्यक्रममा कार्य पत्र प्रस्तुत गर्दै बहिरा महासंघ नेपालका श्रवण दृष्टिविहिनको शिक्षामा पुहँच परियोजना संयोजक शंकर सिंह चैसिरले नेपालमा हाल १० हजार १ सय ७९ जना श्रवणदृष्टि विहिनभएका व्याक्तिहरु रहेको भन्दै उनीहरुको लागि श्रवणदृष्टि विहिनताको बारेमा जनचेतना फैलाउन सञ्चारकर्मीको भूमिका ठूलो हुने बताए ।

यस्तै श्रवणदृष्टिविहिन भएका व्यक्तिहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा ल्याउन, श्रवणदृष्टिविहिन भएका व्यक्तिहरुलाई नेपाल सरकारका निति तथा कार्यक्रममा समावेश गराउन र सरकारले दिंदै आएको सेवा सुविधा, परिचय पत्र प्राप्तको लागि र श्रवणदृष्टिविहिन भएका व्यक्तिहरुको सुचना तथा सञ्चारका लागि सरकारको ध्यानाकर्षण गर्न मिडियाले ठूलो भूमिका खेल्न सक्ने बताए ।

राष्ट्रिय जनगणना २०७८ अनुसार हाल नेपालमा १० हजार १ सय ८७ जना श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरु रहेको जानकारी दिदै चैसीरले लुम्बिनी प्रदेशमा १ हजार ८ सय ६९ जना रहेको बताए ।जसमा महिला ८ सय ९७ र पुरुष ९ सय ७२ जना रहेका छन् ।

यस्तै रुपन्देही जिललामा श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरुको संख्या २ सयस १६ जना रहेका छन् । जसमा महिला ९९ जना र पुरुष १ सय १७ जना रहेका छन् । जसमा ३९ जनाले परियोजना मार्फत घरघरमा आधारित सेवा तथा स्रोत कक्षामा सहभागी रहेको जनाइएको छ ।

कार्यक्रममा बोल्दै नेपाल नेत्रहिन संघका केन्द्रीय सदस्य तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय सदस्य शिला घिमिरेले अपाङ्गता भएका व्याक्ति त्यसमा पनि दुबै आँखा नदेख्ने, दुबै कान नसुन्ने श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरुको अधिकारका लागि उनीहरुको सहज जिवन यापनका लागि अभिभावकहरुमा नै चेतना फैलाउन आवश्यक रहेको बताईन । उनले श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरुलाई अहिले पनि घर परिवारमा घर भित्र नै सीमित गर्ने उनीहरुको अधिकार कुन्ठित पार्ने काम भएको भन्दै जुन कार्य गलत भएको बताईन ।

रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसीले संघ मातहतमा जिल्लामा ३ वर्षसम्म श्रवणदृष्टि विहिनताभएका व्याक्तिहरुको लागि काम गरिएको बताउँदै जसबाट १० जना बालबालिकाहरुले नेपालकै पहिलो श्रवणदृष्टि विहिनता भएका विद्यार्थीको विशेष शिक्षा सञ्चालन गरिएको शान्ती माविमा थेरापी सहितको सिकाईं काम गरिएको बताए । उनले सबै पालिकाहरुले पायक पर्ने स्थानमा यी र यस्ता वालवालिकारव्याक्तिहरुका लागि स्रोत कक्षा सञ्चालन गर्नुपर्ने उनको भनाई थियो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले कार्यक्रममा बोल्दै अपाङ्गता भएका व्याक्तिहरु त्यसमा पनि श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरुको हक, अधिकार सहित समाजमा पुर्नस्थापानका लागि सञ्चार क्षेत्रले महत्पूर्ण भूमिका खेल्ने प्रतिवद्धता जनाएका थिगए ।

प्रतिकृया दिनुहोस्

Flash News

फनफनीमा आर्यन अधिकारी अनुबन्धित प्रधानमन्त्रीलाई ओलीको प्रश्न– बिगुल फुक्ने ठाउँ हो दिल्ली ? प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : केपी ओली  प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : केपी ओली सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु