ताजा अपडेट »

पर्यटन प्रवर्द्धनमा हाम्रो जोड

मंगलबार, १४ चैत्र २०७९, १७ : ४७
206 Shares
मंगलबार, १४ चैत्र २०७९
206 Shares

नेपाल प्राकृतिक र सांस्कृतिक रुपमा धनी भएपनि यहाँको प्राकृतिक स्रोत साधनलाई उपभोग गर्ने ठोस प्रकारको कार्यनीति नभएकोले पर्यटन प्रवद्र्धनमा खासै समाज रुपान्तरण हुन सकेन् । योजनाका दस्ताबेज अथवा लेखोटमा पर्यटनलाई अर्थतन्त्रको मानक मानिएता पनि पर्यटन व्यवसायले नेपाली अर्थतन्त्रमा ठुलो उपलब्धी भने दिन सकेको छैन् । अथाहा सम्भावनाले भरपुर्ण यहाँको पर्यावरणले कसलाई लालाहित नपार्दो हो । विश्वका गन्यमान्य मुलुकका लागि यो भन्दा विशिष्टकृत गन्तव्यस्थल अरु के हुन सक्छ ? सायद ति अदभुत सम्भावनालाई पुष्टाउन लक्ष्मी प्रसाद देवकोटाले के नेपाल सानो छ भन्ने निबन्धमा ब्यङगय गरे होलान ।

पाल विविधतात्मक संस्कृतिले श्रृगारिक एक शभ्यता पनि हो जहाँ विभिन्न जात, धर्म, वर्ण, भेषभुषा, कला, संस्कृति र पर्यावरणले यहाँको भुगोललाई आकर्षित गरेको छ । गुम्वा, चैत्य, मठ मन्दिर लगायत धार्मिक सांस्कृतिक धरोहरहरु यहाँका पर्यटनका अमुक श्रोत हुन । हिमाल, पहाड र तराई मुख्य गरी तिन प्रकारमा यहाँको भौगोलिक अवस्था बिभाजित छ । ति भुगोलको आ–आफ्नै बिशेषता छन । क्षेत्र र ठाउँ अनुसारका ऋतु अनि बिशेष खालका परिवर्तनमुखी मौसमले यहाँको प्राकृतिक विशेषतालाई प्रगाढरुपमा लालाहित बनाउँने गर्दछ । यहाँ पाईने अमुल्य जडीबुटी, जीव जनावर, चराचुरुङ्गी, बनस्पती, प्राकृतिक श्रोत साधन वास्तवमै यहाँका आर्थिक सम्पन्न हुने साधनहरु हुन् ।

भारत, ईन्डोनेसिया र कुनै बेला अफ्रिकी मुलुक पपुवा न्युगिनी लगायत मुलुक विभिन्न जात र संस्कृतिका कारण विश्व मानचित्रमा भिन्नै पहिचान बनाउँन सफल थिए । एसिया कै आजकलका मुलुक थाईल्यान्ड, श्रीलंका , भारत र चीनका कैयौ प्रान्तमा पर्यटकको ठुलो घुईचो लाग्ने गरेको छ । कोभिड १९ महामारी पश्चात विश्व जगतमै पर्यटन क्षेत्रमा आर्थिक मन्दी लागेता पनी पर्यटनलाई जर्गेना गर्न कैयौ मुलुक नयाँ प्रयास गरिरहेका छन र हामीले पनि पर्यटन क्षेत्रको बिकासमा नयाँ प्रयास प्रारम्भ गर्नुपर्दछ । हामी नयाँ संघीय संरचना निर्माण गरिसकेका छौं तसर्थ प्रदेश स्तरीय भर्मण वर्ष आयोजनामा बिशेष पहल गर्दा उचित हुन्छ ।

विश्व सम्पदा सूुचिमा सुचिकृत क्षेत्र यती बेला सुनसान छन, वन्य जन्तु आरक्ष क्षेत्र सुनसान छन, मठ मन्दिर चैत्य गुम्वामा अवलोकन गर्ने आन्तरिक तथा बाह्रय पर्यटकको घुईचो अभावमय देखिन्छ । होमस्टे, रेष्टुरेन्ट, होटेल व्यवसाय लगभग शुन्य छन । यस्तो अवस्थामा देशको अर्थतन्त्रको अमुक मानक मानिएको पर्यटन क्षेत्र लथालिङग देखिएको छ । यसलाई केन्द्रिय, प्रादेशिक र स्थानीय तहबाटै निती निर्माण तथा कार्यक्रम मार्फत ब्यबस्थित गर्न सक्नुपर्दछ । पालिका, नगरपालिका, प्रदेश र केन्द्रमा रहेका पर्यटन प्रवद्र्धनका क्षेत्रहरु स्थानीय निकायदेखि केन्द्रसम्मका सरोकारवाला निकायले पहिचान गरी पर्यटन वर्ष तथा पर्यटन आकर्षणका कार्यक्रम संचालन गर्नु पर्दछ ।

हुँदैन, भएन, सकेनौ भन्ने लघुतावास पाल्न अब कसैलाई छुट छैन् । सबै संयमित भएर पर्यटन उकास्नका लागि हातेमाले जरुरी छ । केही हप्ता अगाडी तिलोत्तमा नगरपालिकाले सरसफाई अभियानको रुपमा हातेमाले कार्यक्रम सृजना गर्यो यो अति नै सरहनिय छ । अब लुम्विनी प्रदेशले छिट्टै लुम्विनी प्रदेश भम्रण वर्षको कर्यक्रम अघि सार्नु पर्दछ । लुम्विनी प्रदेश भित्र पर्ने धार्मिक, सांस्कृतिक, पर्यटकिय क्षेत्र सुचिकृत भैसकेका वा निर्धारण गर्नुपर्ने क्षेत्र कायम गरी सोही बमोेजिमको पुर्वधार बिकास गरी लुम्विनी प्रदेश भ्रमण वर्ष मनाउन सके लुम्विनीको अर्थतन्त्र निर्माणमा ठुलै योगदान हुन सक्दछ । यसै गरी अन्य प्रदेशले पनी क्रमागत रुपमा पर्यटन पर्वदनका लागी भ्रमण वर्ष लगायत अन्य कार्यक्रम संचालन गर्न सक्दछन ।

यातायात, सुरक्षा , प्रविधि र आत्मियता पर्यटनका आवशयक र महत्वपुर्ण पुर्वाधारहरु हुन यसको व्यवस्थापनमा समेत जोड दिनुपर्दछ । कला, साहित्य, खाद्य, भोजनमा बिशेष ख्याल गर्दै अपुग पुर्वाधार निर्माण गर्नु पर्दछ । पर्यटन क्षेत्र मनोरञ्जनको साधन मात्र होइन यो उपयोगिता र अध्यन र अनुभवको बृहत परिचय पनि हो । हामीले पर्यटन आकर्षित गर्नका लागी अभिलेखालय, सङग्राहलय, पुस्तकालय जस्ता अध्यनका सामाग्री उपलब्ध गराउने ब्यबस्था समेत मिलाउन अग्रसर हुनुपर्दछ । हुन त हाल सम्म पनि कम्तीमा प्रदेश स्तरीय अभिलेखालय हामीले स्थापित गर्न सकेका छैनौँ । जात बिशेषका बाहेक सङग्राहलय वा अध्यनका लागि पुस्तकालय समेत निर्माण गर्न सकेका छैनौं ।

स्थानीय पालिका समेतले हरेक स्थानीय तहमा एउटा पुस्तकालय निर्माण गर्न सके आम जनस्तरमा चेतना अभिबृद्धिको जागरण ल्याउन मद्धत पुयाउने थियो । अहिले बिकरालरुपमा देखापरेको आर्थिक संकट समाधानको एउटा अमुक विषय पर्यटन क्षेत्र मात्र हो यसलाई उपभोग गर्न नसके थुप्रै कठिन परिस्थितीको सामना गर्नुपर्ने हुन्छ तसर्थ बेलैमा राज्य र राज्यका संयन्त्रहरु पर्यटन पर्वदनका लागि चिन्तीत हुन जरुर छ । नेपालका इतिहास, संस्कृति, कला, समाज, प्रकृति आदि इत्यादीको परिचय दिने खालका सामाग्रीलाई आजको प्रविधी मार्फत प्रचार प्रसार गर्दे पर्यटन बिकासका लागी एकजुट हुनु पर्दछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।