ताजा अपडेट »

कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै

मंगलबार, १४ चैत्र २०७९, १० : ५५
18 Shares

काठमाडौं । कृषि विकास बैंकको वार्षिक साधारणसभा म‌ंगलबार बस्दैछ । सभा यस बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बस्नेछ । सभामा १३ प्रतिशत लाभांश वितरण प्रस्ताव पनि प्रस्तुत गरिनेछ ।

उक्त लाभांश गत आर्थिक वर्षको नाफाबाट साधारण सेयरधनीहरुलाई २ प्रतिशत बोनस सेयर र कर सहित ११ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । यता, ६ प्रतिशत नगद लाभांश अग्राधिकार सेयरधनीलाई वितरण गर्ने प्रस्ताव रहेको छ ।  साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले फागुन ३० गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुने, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।