ताजा अपडेट »

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण

शनिबार, ११ चैत्र २०७९, २० : २९
43 Shares

लुम्बिनी । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् । पूर्वप्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले स्वागत गरे । 

ओलीले लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन गर्दै पूजा गरे । उनले मायदेवि मन्दिरसँगै अशोक स्तम्भ, पुस्करणी पोखरी, शान्ति दीपको समेत भ्रमण गरेका छन् । पूर्व प्रधानमन्त्रीलाई लुम्बिनीको गुरुयोजना, कोषका पछिल्ला गतिविधिका बारेमा जानकारी गराईएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । 

पूर्वप्रधानमन्त्री ओलीले आफैले शिलान्यास गरेको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको समेत निरीक्षण गरे । उक्त अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको समेत सहभागिता रहेको थियो । मुख्यमन्त्री गिरीलाई समेत कोषले स्वागत गरेको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।