ताजा अपडेट »

नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम

शनिबार, ११ चैत्र २०७९, ०९ : ५४
8 Shares

बुटवल । काठमाडौं महानगरपालिकाले नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन सात दिने सूचना जारी गरेको छ। पटक–पटक सूचना जारी गरिएको उल्लेख गर्दै महानगरले अबको ७ दिनमा संरचना नहटाए ती संरचना भत्काउने जनाएको छ ।

शनिबार गोरखापत्रमा प्रकाशित सूचनामा नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन निर्देशन दिइएको छ। एक साताभित्र नदी किनारका अनधिकृत संरचना नहटाए महानगरले ती संरचना भत्काउने र त्यसको खर्च पनि सम्बन्धित व्यक्तिबाट उठाउने सूचनामा उल्लेख छ। काठमाडौं महानगरभित्रका बागमती, बिष्णुमतीलगायत नदी किनारमा अनधिकृत संरचनाहरू बनेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।