२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको फिफा वरियतामा सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार जारी गरेको वरियतामा नेपाली टोलीले तीन स्थान सुधार गरेको हो । यसअघिको वरियतामा १ सय तीन स्थानमा रहेको नेपाल त्यसमा तीन अंक सुधार गदैै सयौं स्थानमा आईपुगेको छ ।

Advertisement

गत महिना नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेलपछि भएको फिफा वरियतामा नेपालको सुधार गर्न सफल भएको हो । नेपाल र भारतबीच गत फागुन ३ गते पहिलो मैत्रीपूर्ण खेलमा २–२ र दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएका कारण बरियतामा सुधार ल्याउन सफल भएको हो । ओलम्पिक छनोटको तयारीका क्रममा प्रशिक्षण रहेको नेपाली टोलीलाई यस वरियता सुधारले उत्साह थपिदिएको छ ।  

महिला फुटबलमा छिमेकी भारत भने नेपाल भन्दा ३९ अंक अगाडी अर्थात यस अघि कै यथास्थान ६१ औं स्थानमा छ भने दक्षिण एसियाका अन्य देश भने नेपाल भन्दा पछाडी परेका छन । जसअनुसार बंगलादेश १ सय ४० औं, श्रीलंका १ सय ५५ औं, माल्दिभ्स १ सय ५९ औं, पाकिस्तान १ सय ६१ औं र भुटान १ सय ७८ औं स्थानमा छन् । 

महिला फिफा वरियतामा अमेरिका शीर्षस्थानमा रहदा जर्मनी दोस्रो, स्विडेन तेस्रो, इङ्ल्यान्ड चौथो र फ्रान्स पाँचौं स्थानमा छ । 

प्रतिकृया दिनुहोस्

Flash News

वैशाखसम्म उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत शाहिदको ओटीटी पारिश्रमिक ४० करोड लागुऔषधसहित ३ जना पक्राउ जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ यस्तो छ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ) गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै खोलिनुपर्छ : नेता महर प्रधानमन्त्री प्रचण्डविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुल्यो एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज