ताजा अपडेट »

लुम्बिनीमा जारी कुलपुत्र प्रव्रज्या (फोटो फिचर)

शुक्रबार, १० चैत्र २०७९, १० : २४
12 Shares

बुटवल । बुद्ध जन्मभूमि लुम्बिनीमा पाँच सय जनाको कुलपुत्र प्रव्रज्या (अल्पकालिन भिक्षु) कार्यक्रम रहेको छ । यही चैत्र २ गतेदेखि प्रव्रज्या शुरु भएको हो । प्रत्येक वर्ष अल्पकालिन भिक्षु भिक्षुणी बन्नका लागि कपाल मुन्डन गरि प्रवज्या गर्ने गरिन्छ ।

अखिल नेपाल भिक्षु महासंघ र थाइ भिक्षु महासंघको संयुक्त आयोजनामा लुम्बिनी स्थित कोरियन विहारमा जारी प्रव्रज्याको चैत्र १७ गते समापन गर्ने कार्यक्रम रहेको छ । थाई विहारका महास्थविर भिक्षु सुपोतले नेपालका विभिन्न जिल्लाबाट लुम्बिनी आएकाहरुलाई प्रवज्या (अल्पकालिन भिक्षु) शुरु गरेका हुन ।

उक्त अवसरमा महास्थविर सुपोतले बुद्धधर्मको अनुयायी भएर अल्पकालिन भिक्षु बन्न तयार भएकाहरुलाई स्वागत गर्दै बुद्धको ज्ञान, बुद्धको सन्देश ग्रहण गर्न आग्रह गरे ।

काठमाण्डौं र लुम्बिनीमा गरि ५ सय जनालाई प्रव्रज्या गराउने कार्यक्रम रहेको भिक्षु महासंघले जनाएको छ । लुम्बिनीमा प्रत्येक वर्ष प्रव्रज्या कार्यक्रम हुँदै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।