२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

गुल्मी । थाेर्गा गुल्मी रुरुक्षेत्र गाउँ पालिका वडा ३ काे थानपति ,वडा न ४ काे दार्सिँगवास र वडा न १ काे च्यूरेक क्षेत्र उँखु उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ ।तर लामाे समय सम्म परम्परागत शैलि अपानाईँदै आएकाे याे क्षेत्रलाई विगत दुईचार वर्ष देखि केही आधुनिक बनाईँदै आएपनि उँखु उत्पादन किसानहरु सँगठित नहुँदा उत्पादन जन्य वस्तुकाे मुल्यमा एकरुपता देखिएकाे छैन ।

Advertisement

त्यसाेत यसक्षेत्रकाे गुँड यतिबेला देशैभरि ब्रान्ड बनेकाे छ र याे गुँड यहाँका उत्पादक हरुले बजारमा माग अनुसार पुर्याउन सकेका छैनन ।यहाँका व्यवसायीक गुँड उत्पादक किसानको घरमा गुँड खुदाे किन्नेकाे हारालुछ छ र ग्राहक हरुलाई रित्तै फर्कनु पर्ने अवस्था छ । बढदाे मागलाई मध्यनजर गर्दै यसक्षेत्रमा उँखु जन्य उत्पादनलाई बढाउँदै किसानलाई सँगठित गर्ने उद्देश्यले रुरुक्षेत्र गाउँपालिका वडा न ३ मा रहेकाे स्वास्थ चौकिकाे सभाहल याे क्षेत्रका उँखु किसान र सराेकार वालाहरुले मँगलबार डमक्कै भरिएकाे थियाे ।

सामाजिक श्राेत विकास केन्द्रले आयाेजना गरेकाे सहकारी गठनका लागि भेला तथा सहकारी पुर्व शिक्षा कार्यक्रममा किसानहरुलाई सहकारी गठन प्रक्रिया र यसकाे प्रभाव बारे रुरुक्षेत्र गाउँपालिकामा सहकारी हेर्ने अधिकारी दामोदर ज्ञवालीले प्रशिक्षण दिँदै मुख्य रुपमा याे क्षेत्रमा उँखुजन्य पदार्थको उत्पादनलाई प्राथमिकतामा राखेर बहुउद्देश्यीय सहकारी गठनमा जाेड दिएका थिए । उँखुजन्य पदार्थको उत्पादन बजारीकरण लाई केन्द्र बिन्दुमा राखेर काम अगाडी बढाउने गरि साेहि भेलाले रुरुक्षेत्र गाउँ पालिका वडा न १ ,३ र ४ लाई समेटेर रुरु बहुउद्देश्यीय सहकारी सँस्था नाम रहने गरि तदर्थ समिति गठन गरिएकाे छ ।

भेषराज ज्ञवालीकाे अध्यक्षतामा गठित तदर्थ समितिकाे उपाध्यक्ष ,सचिव सहसचिव , काेषाध्यक्षमा क्रमशः कविता गौतम ,वेद प्रसाद पन्त कुसुम साेमै र राम बहादुर खत्रीरहेका छन ।यसेगरि सदस्यहरुमा भवानी शँकर पन्थ,लेखनाथ गौतम र दिनानाथ ज्ञवाली रहेका छन । पहिलो प्राथमिकतामा सहकारीकाे दर्ता प्रक्रियालाई अगाडिु बढाउने र उँखु जन्य उत्पादनलाई प्राेत्साहन ,बजारीकरणमा भुमिका खेल्दै अन्य उत्पादन हरुलाई पनि सहकारी सँग जाेड्ने गरि बहुउद्देश्यीय सहकारीकाे अवस्यकता महशुस गरि गठन गरिएकाे रुरुक्षेत्र ३ का वडाध्यक्ष शेषनारायण पौडेलले जानकारी दिए ।

हेफर प्राेजेक्टले उँखुजन्य पदार्थकाे उत्पादन र प्रसाेधन गर्दै खुदाे ,गुँड र क्याडबरि समेत उत्पादन गर्न सक्ने करिब चालिसलाखकाे मसिन जडान गर्ने तयारी गरेकाले यसलाई पनि सहाकारी मार्फत सन्चालन गरि काम अगाडी बढाईने वडाध्यक्ष पौडेलले बताए । यतिबेला रुरुक्षेत्र ३ काे थानपती वडा न ४ काे दार्सिँगवास क्षेत्रमा अत्यधिक रुपमा उँखु उत्पादन भईरहेकाे र रुरुक्षेत्र १ काे च्यूरेक क्षेत्रका किसानहरु पनि उँखु खेतिमा आकर्षित हुन थालेका छन ।

प्रतिकृया दिनुहोस्

Flash News

जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ यस्तो छ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ) गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै खोलिनुपर्छ : नेता महर प्रधानमन्त्री प्रचण्डविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुल्यो एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा