Sep 28, 2023
पुस २४,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको बुटवल लगायत आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । वर्षासँगै यस क्षेत्रमा चिसो झन् बढेको छ । पश्चिमी वायुको प्रभावले आज दिनभर देशभरको मौसम बदली हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
जिल्लामा परेको वर्षासँगै चिसो बढेपछि मानिसहरु घर बाहिर समेत निस्कन सकेका छैनन् । बजारमा पनि चहलपहल कम हुँदै गएको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालिका र मजदुर धेरै समस्यामा परेका छन् । चिसोले वृद्धवृद्धा र बालबालिकाहरुमा धेरै समस्या देखिन सक्ने हुँदा चिसोबाट बच्न डाक्टरहरुले सुझाब दिएका छन् । पश्चिमी वायुको प्रभावले बिहीबार दिनभरि नै पानी र हिउँ पर्दै रोकिने क्रम जारी रहने छ ।
प्रतिकृया दिनुहोस्