ताजा अपडेट »

जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर

सोमबार, ०६ चैत्र २०७९, १७ : १५
12 Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलेले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने बताएका छन् ।आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष केसीले प्रधानमन्त्री पुरानै गठबन्धनमा फर्किएकाले समर्थन गर्ने बताएका हुन् । 

यसअघि एमालेको समर्थनमा प्रधानमन्त्री बन्दा दाहाललाई समर्थन नगरे पनि प्रचण्ड पुरानै गठबन्धनमा फर्किएकाले समर्थन गर्ने उनले बताए ।अध्यक्ष केसीले सत्ता र शक्तिको लागि एकले अर्कोलाई खसाल्ने र आफू राम्रो बन्नेकुराबाट जनतालाई राम्रो नहुने बताए । राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष केसी मात्र प्रतिनिधिसभा सदस्य छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।