२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

काठमाडौँ । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले वैशाखमा विश्वासको मत लिने अवस्था आउछ कि भन्नेमा आशंका भएपनि यो गठबन्धन पाँचै वर्ष जाने बताएका छन् ।  सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको प्रस्तावमाथि छलफलमा भाग लिँदै नेता नेपालले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष जाने ठोकुवा गरेका हुन् । 

Advertisement

‘फेरि वैशाखमा विश्वासको मत लिने अवस्था आउँछ कि भन्नेमा आशंका गर्न सकिन्छ । तर यो गठबन्धन ५ वर्ष जान्छ । एकतावद्ध भएर जान्छ’, नेता नेपालको भनाइ छ । उनले नेपालको राजनीति तरल अवस्थामा रहेको भन्दै  मानिसहरुले सरकार यति छिटोछिटो गठन पुर्नगठन हुन्छ भन्ने मानिसहरुले नसोचेका बताए ।  ‘म पनि अन्यौलमा परेको छु । पहिला प्रचण्ड प्रधानमन्त्री रहेको अवस्थामा प्रमुख घटकलाई घोक्रायाएर निकालियो भन्ने सुनियो । अर्कोतिर आफै निक्लनुपर्यो भन्ने पनि सुनेँ म आफै अलमलमा परेँ’, नेता नेपालले भने, ‘बरु यो विषय कुनै विश्वविद्यालयमा अनुसन्धान गर्नेलाई खोजी गर्न दिनुपर्छ कि ? आत्मसमीक्षाको विषय पनि बन्नुपर्छ ।’ 

उनले नेपाली राजनीतिमा अरुलाई दोषारोपण गर्ने परिपाटी रहेको भन्दै गल्ती स्वीकार्ने र सुधार्ने नगरी अरुलाई दोषारोपण गर्ने प्रवृत्ति कायम राख्ने हो भने कहिल्यै पनि सही दिशामा जान नसक्ने बताए । ‘राजनीतिलाई सहि दिशामा लाने हो भने प्रत्येक व्यक्तिले आत्मसमीक्षा गर्नुपर्ने हुन्छ । किन सहकार्य टिकाउ हुन सकेको छैन अरु दोषी हुन् कि आफु ? सबै नेताहरुको ध्यनाकर्षण गराउन चाहान्छु’, नेपालको भनाइ छ । उनले अहिलेको परिवेश उत्पन्न हुने कुरामा आफुले पहिलो दोस्रो दिनमै आकलन गरेको भन्दै राजनीतिको नाडी छामेर नै यहाँसम्म आएपुगेको बताए ।

‘फेरि वैशाखको अर्को हप्तामा विश्वासको मत लिने अवस्था त नआउला ? यो आशंका गर्नु अस्वभाविक ठान्दिँन । तर त्यो अवस्था आउँदैन भन्नेमा मलाई विश्वास छ’, नेपालले भने, ‘अब यो गठबन्धन आउने ५ वर्षसम्म टिक्छ, राजनीतिक स्थायित्व दिन्छ, देशलाई विकास गर्छ, सबै चुनौतिको सामना गर्न यो गठबन्धन एकतावद्ध भएर अघि बढ्छ भन्नेमा सवैलाई आहवान गर्न चाहान्छु ।’ उनले आफुले २२ महिनासम्म २१ पार्टीलाई सँगै लिएर हिँडेको स्मरण गर्दै अहिले पनि सहकार्य गरिएका घटकहरुको सोँच र दृष्टिकोण हेर्दा टिकाउ हुने देखिएको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर विश्व वातावरण दिवसको अवसर पारी पर्यावरण संरक्षण समाजको गठन गौर नरसंहार : न्यायाधीश रेग्मीको इजलासमा सुनुवाई हुँदै प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो अन्तरिक्षवाट ६ महिना पछि फर्के तीन चिनियाँ अन्तरिक्ष यात्री अफगानिस्तानका ८० छात्रालाई दिईयो बिषाक्त खाना, अस्पतालमा भर्ना