२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

बुटवल। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई सफा र सुन्दर सहरका रुपमा परिचित गराउनका लागि नियमित सरसफाईलाई थप व्यवस्थित गर्न निर्देशन दिएका छन् । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न सोमबार बुटवलभित्रका टोलविकास संस्थाहरुसँग भएको छलफल कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले टोलविकास संस्था बुटवल उपमहानगरपालिकाकै अंग भएकाले नगरलाई सफा र सुन्दर बनाउने दायित्व रहने बताए ।

Advertisement

उनले बुटवलको सडक निर्माणका क्रममा भएका समस्या, पार्किङ समस्या, नाली व्यवस्थापनका लागि पनि टोलविकास संस्थाहरुले अगुवाई गर्दै व्यवस्थापन गर्नुपर्ने बताए। उनले घरभित्रको फोहोरलाई व्यवस्थापन गर्न घरपरिवार र घरबाहिरको फोहोर व्यवस्थापन गर्न टोलविकास संस्थाहरु र समग्र व्यवस्थापनको जिम्मा नगरको रहने भएकाले सोहीअनुसार काम गर्नुपर्ने बताए । गरप्रमुख पाण्डेयले बुटवललाई देशकै अगुवा सहर बनाउनका लागि सबै क्षेत्रको साथ सहयोग र भूमिका आवश्यक रहेकाले सोहीअनुसार आ-आफ्नो ठाउँबाट बुटवललाई उत्कृष्ट बनाउनका लागि भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले विभिन्न क्षेत्रका व्यक्तिहरुसँगको अनुभवलाई लिएर नगरले सोहीअनुसार नीति र कार्यक्रम बनाउने बताए । उनले बुटवललाई समृद्ध बनाउनका लागि सबै क्षेत्रको साथ जरुरी रहेको भन्दै टोलविकास संस्थादेखि नै सुधार अभियान थाल्नुपर्ने बताए । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवललाई सेवाप्रवाह र नीति निर्माणमा अग्रणी सहर बनाउनका लागि सबैक्षेत्रबाट लाग्नुपर्ने बताए । उनले सेवाप्रवाहलाई समयानुकुल परिस्कृत गर्दै जाने र प्रविधिमैत्री बनाउने बताए ।गत सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धि कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए ।

यस्तै, चैत ७ गते खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष, लायन्स, लियो, लायनेस, जेसिजलगायतका गैरसरकारी संस्थाहरुसँग र ८ गते सरकारी तथा निजी क्याम्पसका अध्यक्ष र क्याम्पस प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम रहेको सामाजिक विकास महाशाखा प्रमुख तथा सूचना अधिकारी तुलसा अर्यालले बताए ।सार्वजनिक सरोकार राख्ने संघसंस्था तथा सरोकारवालाहरुसँग छलफल गरेपछि जनताका समस्या बुझ्ने गरी जनस्तरसम्म पुग्ने र सुझाव लिने कार्यक्रम रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर विश्व वातावरण दिवसको अवसर पारी पर्यावरण संरक्षण समाजको गठन