२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने बताएका छन् ।उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कुनै आधार र कारण नदेखिएको बताएका हुन् । आजको प्रतिनिधिसभा बैठकमा उनले एमालेले मात्रै नभएर अरु दलले पनि विश्वासको मत दिने आधार र कारण नभएको बताए ।

Advertisement

उनले भने, ‘जसरी उहाँले विश्वासको मत मागिरहनुभएको छ । उहाँलाई विश्वासको मत दिन कुनै आधार र कारण देखिएन । एमालेले मात्र होइन सिङ्गो सदन विपक्षमा दृढतापूर्वक उभियोस् ।’पौडेलले चुनावी नतिजापछि आफूहरू प्रतिपक्षको भूमिकामा रहने तयारीमा रहेको बताए । तर, तत्कालीन गठबन्धनले सरकार दिन नसकेपछि प्रचण्डले एमालेसहितका दलसँग समर्थन मागेपछि सशर्त समर्थन दिएको बताए ।

उनले प्रचण्डलाई त्यति बेला निःसन्देह जनता, राष्ट्रियता लोकतन्त्र र संविधानको पक्षमा उभिनुपर्ने सर्त राखेर समर्थन गरेको बताए । त्यस्तै अर्थतन्त्र लगायतका विषयहरू सुधार्ने गरी न्यूनतम साझा कार्यक्रम बनाइएको बताए ।तर, प्रधानमन्त्रीले पछि पुरानै गठबन्धनमा फर्किएको उनको भनाइ छ । पौडेलले पुरानै गठबन्धनमा फर्किनका लागि पुस १० गते किन सहमति गर्न तयार भएको भन्दै प्रश्न गरे ।

पौडेलले भने, ‘प्रधानमन्त्रीलाई सोध्न चाहन्छु । के त्यस्तो कारण पर्‍यो । त्यो सहयात्राबाट यो सहयात्रामा फर्किनुपर्‍यो ? यही सहयात्रामा जानु थियो भने पुस १० गते किन त्यो सहमतिमा पुग्नुपर्‍यो ? हिजो सरकारको नेतृत्व गर्न, प्रधानमन्त्री बन्न एमाले चाहिने । दुई महिना पनि नपुग्दै । प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गर्न साथै पुरानै गठबन्धनमा फर्किनुहुन्थ्यो भन्ने घटनाक्रमले पुष्टि गर्छ ।’

प्रतिकृया दिनुहोस्

Flash News

संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर विश्व वातावरण दिवसको अवसर पारी पर्यावरण संरक्षण समाजको गठन गौर नरसंहार : न्यायाधीश रेग्मीको इजलासमा सुनुवाई हुँदै प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो