१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

गुल्मी । स्ववीयु निर्वाचन चलिरहँदा क्याम्पसहरु महिलामय देखिएपनि नेतृत्व भने पुरुषमय बनेको छ । २०५० को दशक सम्म क्याम्पसहरुमा उच्च शिक्षा पढ्ने महिलाको संख्या औंलामा गन्न सकिने थियो । कतिपय क्याम्पसमा त महिलाको संख्या शून्य हुने गरेको त्यतीबेला उच्च शिक्षा पढ्ने पुरुषहरु बताउँछन् । २०६० को दशक यता ठीक बिपरित पुरुषको संख्या हुन पुगेको छ ।

Advertisement

गुल्मीको हकमा पनि त्यस्तै पाइएको छ । जिल्लाका ११ वटा क्याम्पसमा कूल विद्यार्थी संख्या १८९९ जना रहेकोमा महिलाको संख्या १४ सय ४२ जना रहेका छन । पुरुषको संख्या जम्मा ४ सय ५७ जना रहेका छन । कुल विद्यार्थी संख्याको ७५.९३ प्रतिशत महिला र पुरुष जम्मा २४.०६ प्रतिशत रहेका छन । जिल्लाको सबैभन्दा ठूलो क्याम्पस मानिने रेसुङ्गा बहुमुखि क्याम्पसमा ७६२ विद्यार्थी संख्या रहेकोमा छात्रको संख्या जम्मा २०२ मात्र छ भने छात्राको संख्या ५६० जना रहेको क्याम्पस प्रमुख हरिबहादुर खत्रीले बताए ।

पुर्कोटदहको जनज्योती क्याम्पसमा १३१ विद्यार्थी मध्ये महिला ११६ जना र पुरुष जम्मा १५ जना मात्रै रहेको क्याम्पस प्रमुख देविराम भुसाल बताए । धु्र्कोट परमानन्द भण्डारी क्याम्पसमा कुल २६९ विद्यार्थी मध्ये महिला १८८ र पुरुष ८१ जना रहेको लेखापाल नारायणप्रसाद पाण्डे बताउँछन । दिगाम आदर्श बहुमुखी क्याम्पस प्रमु्ख गोबिन्द प्रसाद शर्माका अनुसार कुल बिद्यार्थी मध्ये महिला ३६ जना महिला २५ र पु्रुष ११ जना रहेका छन । रिडी बहुमुखी क्याम्पसमा कुल १२ जना बिद्यार्थी मध्ये १० जना महिला र जम्मा २ जना पुरुष रहेको क्याम्पस प्रमुख शंकर प्रसाद भट्टराईले जानकारी दिए ।

मजुवाको टिकाराम मानका बहुमुखी क्याम्पस चिरञ्जीवि अर्यालका अनुुसार कुल ८६ मध्ये ६८ जना महिला र १८ जना पुरुष रहेका छन । मुसिकोट नगरपालिकाको एक मात्र रुद्रवती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दुर्गा सापकोटाका अनुुसार त्यहाँ कुल विद्यार्थी १८० मध्ये महिला १४३ र पुरुष ३७ जना रहेका छन । हसरामा रहेको सत्यवती बहुमुखी क्याम्सका लेखापाल प्रेम भण्डारीका अनुसार कुल ८७ मध्ये महिला ७२ र पुरुष १५ जना रहेका छन ।

पुरुष बिध्याथी सबै भन्दा कम चन्द्रकोट क्याम्पसमा रहेका छन । १०६ जना कुल विद्यार्थी रहेकोमा १०१ जना महिला र जम्मा ५ जना पुरुष रहेको क्याम्पस प्रमुख ईन्द्रबहादुर थापाले जानकारी दिए । अरु कुरा छाडौं रुरु सांस्कृतक बिद्यापिठमा समेत महिला र पुरुष बराबरी रहेको पिठाधिश संजिव मरासिनी बताउँछन । ८६ जना रहेकोमा उनेले बराबरी भने पछि हामीले ४३ जना महिला जोडेर माथी उल्लेखित कु्ला बिद्यार्थी , महिला र पुरुषको संख्या जोडेका हौं ।

रानीवासको श्रृङ्गेश्वर बहुमुखि क्याम्पसका क्याम्पस प्रम्ुख शोभाखर पन्थका अनुसार त्यहाँ कुल १५० जना बिद्यार्थी मध्ये महिला महिला १२५ जना र पुरुष २५ जना मात्रै रहेका छन। आइतबार स्वावीयु निर्वाचन चलिरहँदा क्याम्पसहरु महिलामय देखिन्थे । त्यहाँको दृश्यले पुरुष कहाँ छन् भन्ने सवाल उठाइरहेका थिए अगुवाहरु । २०४९ सालमा रेसुङ्गा क्याम्पसको स्ववीयु उपसभापति र २०५१ म स्ववीयु सभापति रहेका नेपाली काँग्रेसका नेता छन्द पहराई भन्छन् ‘त्यो ताका ब्याचलर पढ्ने एउटा पनि महिला थिएनन्, आईकम पढ्दा ८० जना केटाहरु थियौं भने जम्मा ५ जना केटी थिए । त्यो ताका छोरालाई पढाए पनि बुहारी पढाउने चलन थिएन । विस्तारै चेतनास्तर बढ्दै जाँदा उच्च शिक्षामा बढदो पहुँच हुन पुगेको हो उनले भने ।

त्यस क्याम्पस प्रमुख हरिबहादुर खत्रीको बुझाई भने फरक छ । उनले कक्षा १२ सम्म पढे पछि युवाहरु काम गर्दै पढ्दै गर्न सकिने शहरमा पुगेर पढने भएकाले पाहडी जिल्लामा बिद्यार्थी संख्या घटेको र मुख्य बेरोजगारीको समस्याले गर्दा बैदेशिक रोजगार रहेको बताए । निर्वाचन सम्पन्न भएका तीन वटा क्याम्पसमा कुल मत ९६७ खसेको र महिला ७२१ ज्जना र पुरुष २४६ जना रहेको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । उनले श्रृगेश्वर क्याम्पसमा कुुल मत १४० खसेकोमा ११५ महिला र २५ जना पुरुष रहेको बताए । त्यस्तै रुद्रवतीमा कु्ल मत १४० खसेको मध्ये महिला १२१ र पुरुष ३५ रहेका छन । रेसुङ्गामा कुल मत ६६९ खसेकोमा ४८५ महिला र १४६ जना पुरुष रहेको विवरण पाठकले सुनाए ।

बेरोजगारीका कारण पुरुषहरु कम मात्रामा उच्च शिक्षाको पहुँचमा पुगेको र महिलाहरु क्रमिक रुपमा उच्च शिक्षाको पहुँचमा पुग्नुले राज्यका हरेक अंगमा महिलाको सहभागीता पनि बढ्दै गएको बुद्धिजिवीहरु बताउँछन् । माध्यमिक तहसम्मको अवस्था पनि त्यस्तै छ । अधिकाँस विद्यालयहरुमा पूराना बाहेक महिला शिक्षकको संख्या बढ्दो छ । स्वास्थ्य क्षेत्रमा पनि महिला नै बढी देखिन थालेका छन्।यो अबस्थाले पुरुष खोज्न ठूला शहर वा विदेश पुग्नुपर्ने देखिन्छ । जनसंख्या पनि महिलाको बढी छ । पहिला पहिला बिबाह भएपछि बुहारीलाई पढ्न पठाइँदैनथ्यो । तम्घासकी सोनिया बोहोरा र नविना पन्थी दुवै विवाहित हुन् । सासु ससुराकै जोडमा उनीहरुले रेसुङ्गा क्याम्पसको स्नातक तहमा अध्ययन गरिरहेका छन् । बेरोजगारी र बैदेशिक रोजगारीका कारण पुरषहरु बाहिर जानुपरेको र क्याम्पसहरु महिलामय बनेको उनीहरुको भनाई छ ।

महिलाको संख्या यसरी ७५ प्रतिशतको हाराहारीमा भएपनि स्ववीयु निर्वाचनमा उम्मेदवारमा भने २५ प्रतिशत रहेका पुरुषहरुकै हालीमुहाली छ । जिल्लाका ११ क्याम्पस मध्ये जम्मा २ क्याम्पसमा मात्र महिलाको नेतृत्व छ । रीडि बहुमुखी क्याम्पसमा अनेरास्ववीयूकी गंगा कुँवर, सत्यवती बहुमुखि क्याम्पसमा सोही संगठनकी अस्मिता भण्डारी र चन्द्रकोट क्याम्पसमा अखिल क्रान्तिकारीकी प्रभा पौडेल मात्र सभापति पदमा निर्विरोध निर्वाचित भएका छन् । ति क्याम्पसहरुमा निर्वाचन हुने अवस्था भएको भए पुरुष नै अगाडी सार्ने अवस्था थियो । महिलाका मतदाता ८० प्रतिशत भन्दा बढी हुँदा पनि नेतृत्व पुरुषहरुले कब्जामा हुँदा पनि महिलाहरु स्वयंले हस्तक्षेपकारी भूमिका खेल्न नसकेको पाइन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ